सञ्चारमन्त्रिको आश्वसन, ‘बोर्ड अध्यक्ष हाईली क्वालिफाइड चलचित्रकर्मी नै हुन्छन्’


Filmy Kura, Sep 3, 2017 at 5:42 pm

सूचना तथा सञ्चारमन्त्रि मोहन बहादुर बस्नेतले हाल रिक्त रहेको चलचित्र विकास बोर्ड अध्यक्षमा हाईली क्वालिफाइड चलचित्रकर्मी नै नियुक्त गरिने आश्वसन दिएका छन् । आइतबार चलचित्र ‘मेला’को गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका मन्त्रि बस्नेतले राजनीतिक नियुक्ती आफूबाट नुहुने स्पष्ट पारेका हुन् ।

उनले भने, ‘चलचित्र क्षेत्रको विकासका लागि मैले गर्न सक्ने सबै काम मेरो मातहतबाट गर्न तयार छु । चलचित्र विकास बोर्ड अध्यक्ष गैर चलचित्रकर्मी होइन् हाइली क्वालिफाइड चलचित्रकर्मी नै हुन्छन् । ढुक्क हुनुस् ।’ उनले नेपाली चलचित्र संख्यात्मक रुपमा धेरै बने पनि यसको मार्केट भने सानो रहेको बताए । खासगरि चलचित्रको बजार विस्तार आजको अपरिहार्यता रहेकोमा उनले जोड दिए ।

समय अभावका कारण नेपाली चलचित्र ज्यादै कम हेर्ने गरेको बताउने मन्त्रि बस्नेतले ‘मेला’ रिलिज हुँदा सकेसम्म हेर्ने वाचा गरे । बसन्त निरौला निर्देशित यो चलचित्र आगामी कात्तिक २४ गते रिलिज हुनेछ । हरि पन्त प्रस्तुत ‘मेला’ मा सलोन बस्नेत, अशिष्मा नकर्मी र आमेश भण्डारीको मुख्य भूमिका रहेको छ ।

चलचित्र विकास बोर्ड अध्यक्ष पदमा केही दिन पहिले अर्को व्यवस्था नभए सम्मका लागि केन्द्रिय चलचित्र जाँच समितिका अध्यक्ष, सूचना तथा संचार मन्त्रालयका सह–सचिव रामचन्द्र ढकाललाई कार्यकारी रुपमा नियुक्त गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो