चलचित्र मेलाको गीत सार्वजनिक, पवित्राको परिचय खोज्दै गजित (भिडियो)


Filmy Kura, Sep 3, 2017 at 6:11 pm

नेपाली कथानक चलचित्र ‘मेला’को पहिलो भिडियो गीत रिलिज गरिएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण संस्थाले फिल्ममा समावेश लोक लयको गीत सार्वजनिक गरेको हो ।

‘परिचय पाउन त नानीको’ बोलको गीतमा अन्जु पन्त र राम चन्द्र काफ्लेको स्वर सुन्न सकिन्छ । अर्जुन पोखरेल संगीतबद्ध गीतमा कलाकार गजित बिष्ट र पवित्रा आचार्य फिचर छन् । झण्डै आधा दर्जन फिल्ममा नायिकाको रुपमा काम गरेकी पवित्राले ‘मेला’बाट कोरियोग्राफरको रुपमा डेव्यू गरेकी छिन् । चलचित्रलाई यस अघि ‘राजनीति’ र ‘आवेग’ जस्ता फिल्म निर्देशन गरेका बसन्त निरौलाले निर्देशन गरेका हुन् ।

 

फिल्ममा सलोन बस्नेत, आमेश भण्डारी, अशिष्मा नकर्मी, बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मका प्रस्तुतकर्ता समेत रहेका हरि पन्तले पटकथा तथा संवाद लेखनको काम गरेका छन् । कात्तिक २४ देखि रिलिजमा आउने यस फिल्मको गीत सार्वजनिक कार्यक्रममा शोभा बढाउन सूचना तथा सञ्चारमन्त्रि मोहन बहादुर बस्नेत प्रमुख अतिथिको रुपमा पुगेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो