झरना निर्देशित ‘ए मेरो हजुर २’ को यस्तो छ तीन दिने कमाई


Filmy Kura, Sep 4, 2017 at 1:24 pm

गएको शुक्रबार अर्थात भाद्र १६ देखि देशव्यापी रुपमा प्रदर्शन भएको चलचित्र ‘ए मेरो हजुर २’ ले बक्स अफिसमा कति कलेक्शन गर्यो भन्ने कुरा यतिबेला आम चासोको विषय बनेको छ । नबनोस् पनि किन, एकातिर झरना थापाको लागि करियरको कुरा त अर्कोतिर उत्साहजनक रुपमा दर्शक हल ओहिरिदा व्यापार बारे उत्सुकता बढ्नु स्वभाविक हो ।

अभिनेत्री थापा निर्देशित सिनेमाले देशभरबाट आक्रामक व्यापार गर्दै तिन दिनमा ३ करोड ४३ लाख २९ हजार ग्रस कलेक्सन गर्न सफल भएको छ । शुक्रबार देशभर ९० पर्दाबाट ७८ लाख बढी ग्रस कलेक्सन गरेको सिनेमाले पहिलो दिन राजधानीबाट ४५ लाख ५० हजार र राजधानी बाहिरबाट ३३ लाख २१ हजार कलेक्सन गरेको थियो । शनिबार सिनेमाले देशभरबाट १ करोड ६० लाख ३० हजार ग्रस कलेक्सन गर्न सफल भएको छ ।शनिबारको कलेक्सन नेपाली सिनेमाको लागि सर्वाधिक एक दिने ग्रस हो । वितरकले दिएको जानकारी अनुसार शनिबार राजधानीबाट ‘ए मेरो हजुर २’ले ८७ लाख, ७५ हजार र बाहिरबाट ७२ लाख, ५५ हजार कलेक्सन गर्यो ।

दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको ‘ए मेरो हजुर २’ले नेपाली हलहरुमा बलिउड सिनेमा ‘बादशाहो’लाई छायाँमा पारेको छ । आइतबार सार्वजनिक विदा परेकोले विहानीका शो बाटै हाउसफुल को ब्यापार गरेको रिपोर्ट प्राप्त भएको छ । ईदको विदामा ‘ए मेरो हजुर २’ले राजधानीबाट ५३ लाख १५ हजार र बाहिर बाट ५१ लाख २५ हजार कलेक्सन गरेको थियो। मोफसल वितरणक केदार पराजुलीले ‘ए मेरो हजुर २’ को व्यापारलाई ऐतिहासिक भनी टिप्पणी गरे । कतिपय हलको कलेक्सन विश्वास नलागेर दोहोर्याएर नै सोध्नुपर्यो तेस्तै ‘काठमाडौं वितरक गोविन्द शाहीले ए मेरो हजुर २’ मा दर्शकचापले गर्दा विदेशी फिल्मलाई समेत ठूलो धक्का लागेको बताए अधिकांश हलबाट विदेशी फिल्म उतारेर ‘ए मेरो हजुर २’ लगाइएको छ शाहीले भने ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापा निर्मित सिनेमामा राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ । ‘ए मेरो हजुर २’को कथा हरिहर अधिकारीले लेखेका हुन् । संजय लामाले खिचेको सिनेमाका पटकथाकार सामिप्यराज तिमेल्सिना हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो