नेपाली संगीत उद्योगमा राजेश पायलको अर्को इतिहास, एकसाथ ४ भिडियो ट्रेन्डिङमा


Filmy Kura, Sep 4, 2017 at 2:08 pm

राजेश पायल राई संगीत उद्योगका लागि चिनारी दिइरहनु पर्ने नाम होइन् । विगत २५ वर्षदखि निरन्तर संगीत यात्रालाई आत्मसाथ गरिरहेका ‘राई इज किङ’ को उपमा पाएका राजेश सर्वत्र चर्चामा रहेको रियालिटी शो ‘नेपाल आइडल’ मा गएको साता गेष्ट जजको रुपमा पुगेका थिए ।

आइडलको सुरु नै राजेशको गायनबाट गरिएको थियो । उनले ‘तिमीलाई रोजे विश्वास गरे’ बोलको गीत गाएका थिए । उनको प्रस्तुतिले माहोल नै फरक बनाइदिएको थियो । गेष्ट जजको रुपमा त्यस अगाडि जादा रामकृष्ण ढकाल विवादमा तानिरहदा राजेशको भने चौतर्फी तारिफ भयो कारण थियो उनको प्रस्तुति साथमा उनले प्रतिस्पर्धीलाई गरेको समानपूर्वक जज ।

जब यो कार्यक्रम टेलिभिजनमा अन एयर भयो त्यसको भोलिपल्ट नै विभिन्न युट्युव च्यानलले उनको गायकीलाई लिएर भिडियो समाचार बनाए । कतिपयले गाएको जस्ताको त्यस्तै राखे । विभिन्न युट्युव च्यानलमा राखिएको उनको भिडियोमध्ये चारवटा भने हाल नेपाल ट्रेन्डिङमा परेका छन् ।

कार्यक्रमको सिलसिलामा हाल दोहा कतारमा रहेका राजेशले फिल्मीकुरासँग संक्षित संवाद गर्दै भने, ‘एकै दिनमा एकै कलाकारको चार वटा भिडियो ट्रेन्डिङमा पर्न सफल भएको छ । यति धेरै माया दर्शक श्रोताबाट पाए । मलाई लाग्छ यो इतिहासमा पहिलो घटना हुनसक्छ ।’

विभिन्न च्यानलमा अपलोड गरिएको उनको भिडियो ट्रेन्डिङको कुनै छैटौ स्थानमा, कुनै अठारौ स्थानमा, कुनै पच्चिसौ स्थानमा त कुनै छयालिसौ स्थानमा परेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो