रमेश र प्रशान्तको एङ्ग्री लुक्समा देखिइन् दीपिका, हेर्नुस् ऐश्वर्य पोष्टर


Filmy Kura, Sep 5, 2017 at 2:44 pm

नायक तथा निर्माता रमेश उप्रेतीको कमब्याक चलचित्र ‘ऐश्वर्य’ को अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । मंगलबार निर्माण यूनिटले दुईवटा भिन्न पोष्टर एकसाथ रिलिज गरेको हो । ती दुवै पोष्टरमा नायक रमेश उप्रेती र नेगेटिभ रोलमा रहेका प्रशान्त ताम्राकार एङ्ग्री लुक्समा देखिएका छन् । पोष्टरमा नवअभिनेत्री दीपिका प्रसाईको सुन्दरता ज्यादा झल्कन्छ ।

कात्तिक ९ गतेबाट अल नेपाल प्रदर्शनको आरम्भ गर्ने यस फिल्मलाई दिवाकर भट्टराईले लेखन तथा निर्देशन गरेका हुन् । प्रेमकथामा निर्मित यस फिल्मको केही समय पहिले सार्वजनिक गीत भने जनजिब्रोमा झुण्डि सकेको छ ।

चलचित्रमा रमेश, प्रशान्त र दीपिका सँगै केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठको समेत अभिनय हेर्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो