छविसँग कथा मिलाउँदै गोपालकाजीले लिए मंगलम वितरण जिम्मा, असोज ११ मा फिल्म लाग्ने


Filmy Kura, Sep 5, 2017 at 3:06 pm

पाका निर्माता छविराज ओझासँग अर्का पाका वितरक गोपालकाजी कायस्थले चलचित्र ‘मंगलम’ को वितरणका लागि मंगलबार सम्झौता गरेका छन् । कमर्सियल मेकरको परिचय बनाएका छवि निर्मित यो फिल्म आगामी असोज ११ गते प्रदर्शनमा आउने भएको छ । तर हाल सम्म यो फिल्मको कुनै पनि प्रचार सामाग्री जस्तै टिजर, पोष्टर, गीत आउट गरिएको छैन ।

फिल्म लाग्नु दुई महिना अघि देखि गीत छाडिने प्रचलन बढ्दा ‘मंगलम’ को भने कुनै पनि प्रचार सामाग्री अहिले सम्म नछाडिनु माइनस प्वाइन्ट देखिन्छ । वितरक गोपालकाजी कायस्थले दिएको आधिकारीक रिलिज मितिलाई दृष्टिगत गर्दा अबको २० दिन पछि फिल्म लाग्ने पक्का छ । तर ११ गते झेल्न ‘मंगलम’ लाई त्यति सहज बाटो भने छैन । किनकि यो मितिमा अर्को हाइप बटुलेको चलचित्र ‘छक्का पन्जा २’ रिलिज हुँदैछ ।

जे होस् ‘छक्का पन्जा २’ असोज ११ मा लाग्ने कुराले अन्य फिल्म ब्याक सर्दा ‘मंगलम’ भने प्रतिस्पर्धाका लागि तयार भएको छ । चलचित्रमा शिल्पा पोखरेल, पुष्पल खड्का र पृथ्वीराज प्रसाईको शीर्ष भूमिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो