चर्चित पत्रकार ऋषि धमलाको श्रीमती हिरोइन बन्दै, मोडल दीपक जोडीको रुपमा देखिदै


Filmy Kura, Sep 6, 2017 at 7:48 pm

चर्चित पत्रकार ऋषि धमलाको श्रीमती एलिजा गौतम हिरोइन बन्दै छिन् । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनको अभिनय तथा निर्माण रहने चलचित्र ‘अनुराग’ को निर्माण घोषणा गरियो ।

छोरीको नामको व्यानर स्थापना गरी एलिजा औपचारिक रुपमा अभिनय तथा निर्माणमा होमिएकी हुन् । एरिका फिल्मस् प्रोडक्सन प्रा.लि. को प्रस्तुति चलचित्र ‘अनुराग’ मा एलिजाले अन्तर्राष्ट्रिय ¥याम्प मोडल दिपक घिमिरेसँग जोडीको रुपमा काम गर्दैछिन् । दिपक र एलिजाको अलवा फिल्ममा सरोज खनाल, रुपा राना, निर्मल शर्माको मुख्य भूमिका रहनेछ ।

करिब एक करोड अनुमानित बजेटमा निर्माण सम्पन्न हुने चलचित्रको कात्तिक तेस्रो हप्ताबाट सुटिङ प्रारम्भ हुँदैछ । काठमाडौं, इलाम र पोखरमा ४५ दिनको सुटिङ सेड्यूअल तय भएको फिल्मलाई म्युजिकल लभस्टोरीको जनरा दिइएको छ । सत्यराज चौलागाईले निर्देशन गर्ने फिल्ममा किरण दाहालको कथा, सत्यराज र आगत केसीको पटकथा तथा संवाद, तारा प्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, कविराज गहतराजको नृत्य रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो