निहुँ खोज्नेको अन्त्य गर्न पेस्तोलको साहारा लिए राजाले, छक्का पन्जा २ ट्रेलर यस्तो बन्यो


Filmy Kura, Sep 6, 2017 at 8:18 pm

निहुँ खोज्नेको अन्त्य गर्न राजा उर्फ दीपकराज गिरीले पेस्तोलको साहारा लिएका छन् । असोज ११ देखि देशव्यापी प्रदर्शनमा आउने ‘छक्का पन्जा २’ को बुधबार साँझ ६ बजे र ५ मिनेट जाँदा ट्रेलर रिलिज गरिएको हो ।

ट्रेलरमा राजा चरित्रमा दीपकराजलाई देख्न सकिन्छ । अर्को खुलदुलीको विषय त यो बनेको छ कि फिल्ममा समेत अभिनय गरेका छन् भन्ने कुरा अत्तो पत्तो नुहँदा कलाकार गौरव पहारी ट्रेलरमा भने सुरुवात मै छाएका छन् । प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिरे, स्वरुप पुरुष ढकाल लगायतका कलाकार अभिनित यस फिल्मको प्रचार सामाग्रीले मार्केटमा अलग्गै पहिचान बनाइ सकेको छ ।

बडा दशै लक्षित फिल्मले दक्षिणा सोर्ने तयारी गरेको छ । मूलत कमेडी जनराको फिल्ममा चर्चित हास्यकलाकारको टोली नै अटाइएको यस फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो