दिन बिराएर ‘मंगलम’ को प्रचार सामाग्री आउट, शिल्पा र पुष्पल भन्दैछन् पर्ख पर्ख मायालु


Filmy Kura, Sep 6, 2017 at 8:42 pm

चलचित्र ‘मंगलम’ को पहिलो गीति भिडियो रिलिज गरिएको छ । बुधबार डिजिटल राइट्स लिएको हाईलाइट्स नेपालको अफिसियल युट्युव च्यानल मार्फत यो फिल्मको गीत रिलिज गरिएको हो ।

‘पर्ख पर्ख…’ बोलको गीतमा नायिका शिल्पा पोखरेल र नायक पुष्पल खड्का फिचर छन् । कृष्ण काफ्ले र र विन्दु परियारको स्वर समावेश गीतमा शब्द तथा संगीत दीपक शर्माको रहेको छ ।

छविराज प्रोडक्शन र गुण सिनेमा प्रस्तुत चलचित्र असोज ११ देखि प्रदर्शनमा आउँदैछ । आगामी बडा दशै लक्षित यो फिल्मले दिन बिराएर प्रचार सामाग्री आउट गरिरहेको छ । मंगलबार मात्र निर्माण संस्थाले रिलिज डेट र फस्ट लुक सार्वजनिक गरेको थियो ।

छविराज ओझा कार्यकारी निर्माता रहेको ‘मंगलम’ लाई नवल नेपालले निर्देशन गरेका हुन् । प्रेमकथामा आधारित फिल्ममा शिल्पा पोखरेल, साम्राज्ञी राज्य लक्ष्मी शाह, पुष्पल खड्का, पृथ्वीराज खड्का, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

गोविन्द्र फूँयालको कथा रहेको यस फिल्ममा नायिका शिल्पाको समेत लगानी साझेदारी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो