लिला : मिसावट छ पिरतीमा गीत रिलिज (भिडियो)


Filmy Kura, Sep 7, 2017 at 11:17 am

चलचित्र ‘लिला’ को अर्को गीत रिलिज गरिएको छ । डिजिटल राइट्स लिएको बुढासुब्बा युट्युव च्यानल मार्फत बुधबार ‘मिसावट छ पिरतीमा’ बोलको गीत रिलिज गरिएको हो ।

भाद्र ३० देखि देशभरका सिनेमा घरमा यो चलचित्र प्रदर्शन हुँदैछ । सार्वजनिक हालको गीतमा भने युवराज चौलागाईको स्वर रहेको छ । डा. कृष्णहरि बरालको शब्द रचनामा बसन्त सापकोटा संगीतबद्ध गीतमा बिछोडको भाव समेटिएको छ ।

कृष्ण प्रसाद दंगाल प्रस्तुत चलचित्रलाई रमेश कोइरालाले निर्देशन गरेका हुन् । चलचित्रमा राज कटुवाल, सञ्चिता लुइँटेल, ध्रुव कोइराला, मलिना जोशी लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो