सारुक र मनिष मध्ये कसको रानी मलिना ? हेर्नुस् भिडियो


Filmy Kura, Sep 7, 2017 at 6:53 pm

‘रानी’ टाइटलमा रहेर निर्माण भएको फिल्मको पहिलो गीत बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी रिलिज गरिएको छ । ‘रानी’ को चरित्रमा पूर्व मिस नेपाल समेत रहेकी नायिका मलिना जोशी देखिएकी छिन् ।

सार्वजनिक गीतमा मलिना कसको रानी हुन् त कौतुहलता थपिएको छ । डेव्यू दुई हिरोहरु सारुक ताम्राकार र मनिष श्रेष्ठको साथ उनी देखिएकी छिन् । ‘भन भन’ बोलको गीतमा विजय घिमिरेरको शब्द तथा संगीत रहेको छ । जसलाई विजय घिमिरे र निकिता थापाले संयुक्त रुपमा गाएका छन् ।

पुराना निर्देशक दयाराम दाहाल निर्देशित ‘रानी’ लाई विमलमान गुभाजुले निर्माण गरेका हुन् । समारोहमा बोल्दै नायिका मलिनाले यो फिल्मबाट धेरै नै आशा लिएको बताइन् । अब्बल निर्देशक सँग काम गर्न पाउँदा धेरै कुरा सिक्ने मौका मिलेको उनको भनाइ थियो । यता डेव्यू दुई हिरो सारुक र मनिषले दर्शकबाट साथ मिल्ने अपेक्षा लिए । समयको माग अनुसार नै चलचित्र दर्शकमाझ ल्याइरहेको निर्देशक दाहालको मुख्य आशय थियो ।

आगामी कात्तिक २ गतेबाट यो चलचित्र देशभरिका सिनेमा घरमा प्रदर्शन हुँदैछ । लण्डनमा रहेका कारण फिल्मका अर्का शीर्ष कलाकार अनुप विक्रम शाही भने अनुपस्थित थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो