सत्य स्वरुपको साढे सात मंसिरमा हेर्न पाइने (भिडियो)


Filmy Kura, Sep 7, 2017 at 7:25 pm

गायकद्धय सत्यस्वरुप आचार्यको ‘साढे सात’ आम दर्शकले मंसिर १५ मा हेर्न पाउने भएका छन् । नझुक्किनु होला दाजु भाईको यो कुनै दशा भने होइन् यो त नेपाली कथानक चलचित्र ‘साढे सात’ हो ।

सत्यराज आचार्यको शीर्ष भूमिका रहेको फिल्ममा स्वरुपको भने लगानी रहेको छ । राजधानीमा बिहीबार प्रेस भेटघाट मार्फत चलचित्रको ट्रेलर रिलिज गरियो । बरिष्ठ कलाकार सुनिल थापा प्रस्तुत चलचित्रलाई साम्तेन भुटियाले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा सुनिल थापा, सत्यराज आचार्य, मेनुका प्रधान, कामेश्वर चौरासिया, सुप्रिया कटुवाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

स्वास्थ्यमा समस्या आएका कारण समारोहमा सत्य अनुपस्थित थिए । यो चलचित्र मूलत २०७२ सालमा भारतले गरेको नाकाबन्दीमा केन्द्रित छ । फोटो पत्रकारको भूमिकामा गायक तथा कलाकार सत्यराज देखिएका छन् ।

आगामी मंसिर १५ गते रिलिज हुने भनिएको फिल्मले रियालिटी वेस इश्यूलाई उठाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो