चलचित्र टिनएजको अडियो जुकबक्स रिलिज, ५ गीतमा कुनै स्याड कुनै रोमान्टिक


Filmy Kura, Sep 7, 2017 at 7:43 pm

चलचित्र ‘टिनएज’ को अडियो जुकबक्स रिलिज गरिएको छ । बिहीबार डिजिटल राइट्स लिएको ओएसआर युट्युव च्यानलबाट अडियो जुकबक्स सार्वजनिक गरिएको हो ।

चलचित्रमा ५ वटा गीत समावेश गरिएको छ । कुनै स्याड भर्सन त कुनै रोमान्टिक गाना रहेको फिल्ममा टिएनजर्सको कथालाई मुख्य रुपमा उठान गरिएको छ । नृत्य निर्देशनमा क्रियाशिल दिनेश पाख्रीन निर्देशित यस फिल्ममा नयाँ कलाकारको बाहुल्यता रहेको छ ।

चलचित्रको गीतमा चर्चित गायक राजेश पायल राई देखि दर्शना महर्जनको स्वर सुन्न सकिन्छ । बसन्त सापकोटा र विकास चौधरी संगीतबद्ध गीतको भिडियो क्रमिक रुपमा रिलिज गरिने निर्देशक पाख्रीनले फिल्मीकुरालाई जनाएका छन् ।

प्रतिक्षा खड्का, नरेविर सिंह लगायतका कलाकार फिल्मको शीर्ष भूमिकामा छन् । चलचित्र भने आगामी असोज २७ गते रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो