माघमा रिलिज हुने शेरबहादुरको यस्तो छ फस्टलुक !


Filmy Kura, Sep 9, 2017 at 3:08 pm

आर राजवंशी निर्देशित सिनेमा ‘शेरबहादुर’को रिलिज डेट तय गरिएको छ । माघ २६ लाई सिनेमाले रिलिज डेट छनोट गर्दै पहिलो पोस्टर समेत सार्वजनिक गरेको छ ।

सार्वजनिक पोस्टरमा सुनिल थापा, कर्मा, मेनुका प्रधान र रविन्द्र झा प्रस्तुत भएका छन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित ‘शेरबहादुर’मा प्रमोद क्षेत्रीको कथा छ । गौरीशंकर धुनुजु र धिराज राजवंशीको लागनी रहेको सिनेमामा कोशिस क्षेत्रीको शब्द/संगीत रहेको छ ।

सिनेमाको नाम प्रधानमन्त्री शेरबहादुर देउवासँग मिल्न गएपनि कथा उनको जीवनीसँग नमिल्ने निर्माण युनिटले ‘शेरबहादुर’ घोषणा ताका जानकारी दिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो