भाद्र २९ देखि असोज ४ सम्म छक्का पन्जा २ एक्सप्रेस कमेडी टुर हुने


Filmy Kura, Sep 11, 2017 at 11:40 am

यहि भाद्र २९ देखि असोज ४ गते सम्म चलचित्र ‘छक्का पन्जा २ एक्सप्रेस कमेडी टुर’ हुने भएको छ । असोज ११ रिलिज फिल्मको प्रचारलाई लक्षित गर्दै निर्माण यूनिट कमेडी टुरका लागि दमक, इटहरी, हेटौडा, नारायणघाट, बुटवल र पोखरा जाने भएको हो ।

फिल्ममा आबद्ध शीर्ष कलाकार टुरमा सहभागी हुने निर्माता तथा कलाकार दीपकराज गिरीले जनाएका छन् । प्रचार मात्र होइन कलाकारको तर्फबाट मनोरञ्जनले भरिएको प्रस्तुति समेत रहने उनको भनाइ छ । कार्यतालिका अनुसार भाद्र २९ गते ‘छक्का पन्जा २’ यूनिट दमक जानेछ । त्यहाँ प्रस्तुति दिएर यो टोली ३० गते इटहरी प्रस्थान गर्नेछ । इटहरीका दर्शकलाई झुमाइ सकेपश्चात असोज १ गते नारायणघाट जाने कार्यक्रम तय छ । यस्तै २ गते बुटवल र ३ गते पोखरा आएर टुर सकिनेछ ।

विगत वर्षमा पनि यो टिमले विभिन्न स्ट्रिट कन्सर्ट गरेको थियो । त्यसो त दीपकराज आफैमा चलाख समेत छन् । यस अघि छविराज ओझाले असोज ११ मै आफू निर्मित फिल्म ‘मंगलम’ ल्याउने तयारी गरेका थिए । तर दीपकले सहमती मै यो पटक ‘छक्का पन्जा २’ लाई एकल प्रदशर्नीको लागि आग्रह गरेपछि छवि ब्याक हटे । बडा दशै लक्षित फिल्मले देशभरिका हल पाउने भएपछि व्यापारिक रुपमा समेत प्लस हुने देखिएको छ ।

ख्याल रहोस् दीपाश्री निरौला निर्देशित फिल्ममा दीपक सँगै प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, वर्षा राउत लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो