८ वर्षपछि एकसाथ देखिएका आर्यन–रेखा जोडीलाई कसको आखा लाग्यो ? (भिडियो)


Filmy Kura, Sep 12, 2017 at 2:07 pm

दर्शक आतुर छन् रेखा थापा र आर्यन सिग्देलको जोडीलाई पर्दामा हेर्नका लागि । ८ वर्षको ग्यापपछि ‘रुद्रप्रिया’ मार्फत एकसाथ देखिएका यी दुईको प्रेमिल जोडीमा कसको आखा लाग्यो त ? हामी यहाँ रियलको नभई रिलको कुरा गर्दैछौ । ‘रुद्रप्रिया’ भित्र यी दुईको जोडीलाई भिलेनले निकै दुःख दिएको देख्न सकिन्छ ।

एकदिन अघि मात्र सार्वजनिक गरिएको फिल्मको ट्रेलरमा यस्तै माया, प्रेम र विछोडका पललाई भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । ट्रेलरले युट्युव ट्रेन्डिङको चौतिसौ स्थान ओगटेको छ । रेखा फिल्मस् प्रस्तुत ‘रुद्रप्रिया’ आगामी कात्तिक २ गतेदेखि देशभरिका सिनेमा घरमा प्रदर्शन हुँदैछ ।

रेखा थापा, आर्यन सिग्देल र राजन इशानको मुख्य भूमिका रहेको यस ‘रुद्रप्रिया’ लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । चलचित्रमा आर्यन फिल्मस्को सहकार्य रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो