बलिउड कलाकार लिएर नेपाली फिल्म दि कर्मा निर्माण घोषणा


Filmy Kura, Sep 12, 2017 at 2:34 pm

बलिउड एक्टरलाई लिएर नेपाली कथानक चलचित्र ‘दि कर्मा’ निर्माण घोषणा गरिएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरि निर्माणाधिन फिल्मको काष्ट एण्ड क्रिउको विषयमा जानकारी दिइएको हो ।


जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को व्यानरमा निर्माण हुने यस फिल्ममा बलिउडका द्धय कलाकार दीपक आनन्द र करण कुमार वर्मा मुख्य भूमिकामा रहनेछन् । यी दुईको साथमा क्षितिजा शाक्य, नसीमा आचार्य र अनुप सक्सेना हाललाई फाइनल भएका छन् । समारोहमा बोल्दै कलाकार दीपकले नेपाली फिल्म गर्न पाउँदा उत्साहित भएको बताए । यता कुमारले भने प्रस्ताव आउँदा सुरुमा खेल्ने कि नखेल्ने द्धिविधा उत्पन्न भएको भनाइ राखे । यी दुवैले नेपाल आफूलाई निकै मनपर्ने खुलासा गरे ।

चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गर्नेछन् । लामो समय पर्दामा कलाकारको रुपमा प्रस्तुत भएका सुशील पोखरेलले ‘दि कर्मा’ लेखेका हुन् । रामेश्वर कार्कीले खिच्ने फिल्मको मंसिरबाट छायांकन प्रारम्भ हुने जनाइएको छ । चलचित्रमा अष्ट महर्जनको द्धन्द्ध तथा रामजी लामिछानेको नृत्य रहनेछ । हिन्दी भाषामा समेत डब गरिने यस फिल्मलाई जय राज राय र नीशा खतिवडाले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो