काठमाडौंलाई केन्द्र बनाएर गुन्डागर्दी गर्नेको कथामा सकस, हुँदैछ कात्तिक २४ मा रिलिज


Filmy Kura, Sep 14, 2017 at 4:30 pm

सपनै सपनाको शहर काठमाडौं । यहि ठाउँलाई केन्द्र बनाएर गुन्डागर्दी गर्नेको कथामा एक चलचित्र तयार भएको छ । जून फिल्मको नाम हो ‘सकस’ ।


त्यसो त निर्माण सम्पन्न भएको लामो समय पश्चात यो फिल्म रिलिजमा आउन लागेको हो । यद्धपि यसले उठान गरेको विषयमा अझैपनि उत्तिकै समय सान्दर्भिक रहेको निर्माण यूनिटको भनाइ छ ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी चलचित्रको ट्रेलर र एक गीत सार्वजनिक गरिएको छ । चलचित्रलाई लामो समय द्धन्द्ध निर्देशनमा क्रियाशिल एन.बी. महर्जनले निर्देशन गरेका हुन् । समारोहमा बोल्दै उनले भने, ‘यो चलचित्र काठमाडौंमा कसरी गुन्डा जन्मियो ? के कारणले मानिस गुन्डा बन्न पुग्दछ भन्ने विषयमा केन्द्रित छ ।’ चलचित्रमा सुन्दर श्रेष्ठ, महिमा सिलवाल, प्रज्वल गिरी, रविन्द्र खड्का लगायतका कलाकारको मुख्य भूमिका छ । सुन्दर चलचित्रका नायक मात्र होइनन् निर्माता समेत हुन् । अक्कल सिंह प्रस्तुत चलचित्रलाई मौनता श्रेष्ठले लेखेका हुन् ।

चलचित्रमा चेतन सापकोटाको संगीत, हिमाल केसीको द्धन्द्ध समावेश छ । आगामी कात्तिक २४ देखि प्रदर्शनमा आउन लागेको यस फिल्मलाई सफलता मिलोस् भनि चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, निर्देशक दीनेश डिसी लगायतका व्यक्तित्वले शुभकामना दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो