कलाकार तथा निर्देशक आर.एल. को अनौठो फिल्मी यात्रा : स्पटब्वाई देखि हिरो सम्म


Filmy Kura, Sep 15, 2017 at 12:21 pm

२०४३ सालमा हेटौडामा जन्मिएका आर.एल. लामा फिल्ममा लागेको १४ वर्ष भइसकेको छ । सानै उमेरमा फिल्म क्षेत्रमा आकर्षित हुनुको कारण चाहि ‘सोल्टिनी’ बन्न पुग्यो । त्यतिबेला हेटौडामा ‘सोल्टिनी’ नामक फिल्म चल्दा उनी गाउँबाट शहर पढ्नका निमित्त आएका थिए । फिल्म के रहेछ कसरी बन्दो रहेछ कलिलो दिमागमा अनगिन्ती प्रश्न जन्मिए ।

यिनै कौतुहलताले उनलाई नेपालको राजधानी काठमाडौं सम्म डो¥यायो । जब उनी काठमाडौं आए त्यो बखत ‘वर पिपल’ फिल्म लक्ष्मीनाथ शर्माले निर्देशन गरिरहेका थिए । र, उनले त्यहिबाट स्टार्ट गरे फिल्मी भूत भगाउन कामको सुरु । स्पटब्वाईको रुपमा उनले चिया पकाउने देखि विभिन्न काम जोसिएर गरे ।

घुम्नपनि पाइने सुत्नपनि दिने खानापनि पाइने भएपछि उनी दंग परेर काममा लागि परे । त्यो बखत उनी सम्झछन्, ‘हिरोलाई प्रत्यक्ष देख्दा राजालाई देखे जस्तो गर्व लाग्थ्यो । के–के न पाए भन्ने लाग्थ्यो ।’ उनले पहिलो चोटी प्रत्यक्ष देखेको हिरो चाहि स्व. श्रीकृष्ण श्रेष्ठ हुन् ।

झण्डै ९/१० वटा फिल्ममा स्पटब्वाईको रुपमा काम गरेपछि उनले क्ल्याप हान्ने काम पाए । निरन्तर ३ वर्षसम्म उनले क्ल्याप हान्ने काम गरे । कलाकार नगेन्द्र घिमिरेसँग उनले चलचित्र ‘किस्मत’ मा एकसाथ काम गर्ने मौका पाए । तर थियो जम्मा एक सिन । पहिलो चोटी क्यामेरा फेस गर्दा उनलाई त्यहि फिल्मको हिरो विराज भट्ट जस्तै महसुस भयो रे ।

यसरी उनले तामाङ भाषाको फिल्म ‘मइङ बुरिङ’ मा विजय लामा र अमृत लामा जस्ता चलेका कलाकारसँग काम गर्ने अवसर पाए । तर यसमा पनि हिरो भने अरु नै थिए उनि त केबल क्यारेक्टर आर्टिस्ट । कामले नै परिपक्व बनाउछ भने झै आर.एल. लामालाई हिरो हुने सौख कायमै थियो । संघर्षको मैदानबाट आएका उनि ‘बेलि चमेली’ नामक फिल्ममा हिरो भएर काम गर्न पुगे । चेलिबेटी बेचबिखन सम्बन्धि यस फिल्मको सुटिङ विरगंजमा गरिएको थियो । जसलाई शिव घिमिरेले निर्देशन गरेका थिए ।

यहाँसम्म आइपुग्दा जति उनले समय खर्चिए त्यो अनुसारको जीवनमा खास परिवर्तन नआएपछि उनि फ्रस्टेसनमा आए । घरबाट बुबाले विदेश जा भन्ने मात्र कुरा गरिरहे । नभनुन पनि किन शहरमा बसेको कोठा भाडा देखि खान्की सम्मको पैसा गाउँबाटै ल्याउनुपर्ने बाध्यता आर.एल.लाई थियो । फिल्म क्षेत्रमा कमाएको दुई चार पैसाले उनले बाइक सम्म जोडेका थिए । पछि समस्या पर्दा त्यहि बेच्दै काम चलाउदै गरे ।

आगोले पोलेको घाउ आगोले नै सेकाउनु पर्छ भने झै जून क्षेत्रमा बर्षौ लगानी गरियो त्यहि क्षेत्रलाई छोडि हाल्न उनलाई गाह्रो प¥यो । त्यसपछि उनले सोचे आफै निर्देशन गर्छु भनेर । यसरी जिरो लेभलबाट उठेका आर.एल. अहिले आफूलाई निर्देशक र कलाकारको रुपमा चिनाउन एक सिर्जना मार्फत आएका छन् । उनि निर्देशित तथा अभिनित चलचित्र हो ‘दि मंगोलियन’ । जून चलचित्र आगामी असोज ६ गतेदेखि देशभरिका सिनेमा घरमा प्रदर्शन हुँदैछ ।

यो फिल्ममा उनले सिनियर कलाकार धिरेन शाक्य देखि सुशील पोखरेल सम्म काम गर्न पाएका छन् । प्रोडक्सनमा काम गर्दै देखि चिनेपनि आफ्नो फिल्ममा लिदा डर लागेको अनुभव उनि समक्ष छ । डाइरेक्टर भएर गाइड गर्दा आफू कतै चुक्ने पो होकि भन्ने डरले सताइरहेको बताउने आर.एल. सुशील पोखरेललाई गुरु मान्छन् ।

चलचित्र ‘दि मंगोलियन’ इन्टरकाष्ट सम्बन्धि फिल्म भएको उनको भनाइ छ । मंगोलियन र आर्यन समुदायबीचको मेलमिलापलाई उनले फिल्ममा देखाउने कोसिस गरेका छन् रे । बडा दशै लक्षित चलचित्रलाई दर्शकले मन पराउने उनको विश्वास छ । एक मंगोलियनको भूमिका चलचित्रमा आफूले निर्वाह गरेको बताउने आर.एल. ले आफूले सर्टकटमा नाम लेख्नुको रहस्य समेत खोले । उनले अगाडि भने, ‘मेरो खास नाम राजु लामा हो । सर्टकटमा आर.एल. राखेको हुँ । फिल्म क्षेत्रमा राजु लामा भन्ने अर्को एक जना हुनुहुदो रहेछ उहाँको कारण मैले पिटाए खाए । बागबजारमा मलाई प्रहरीले समात्यो पनि । एकजना मेकर हुनुहुदो रहेछ उहाँको के काण्डले गर्दा म चाहि फस्न पुगेको थिए नाम मिलेका कारण त्यहि बेला देखि मैले आर.एल. राखेको हुँ ।’

ख्याल रहोस् चलचित्र ‘दि मंगोलियन’ मा धिरेन शाक्य, सुशील पोखरेल आर.एल. लामा, प्रतिक्षा खड्का, रोशनी ब्लोन लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो