जात्रा पछि सत्रुगतेमा दर्शक हँसाउदै प्रदीप, अटाए मह जोडी देखि पल आँचल सम्म


Filmy Kura, Sep 16, 2017 at 12:19 pm

चलचित्र ‘सत्रुगते’ निर्माण हुने भएको छ । मह संचारको प्रस्तुतिमा हास्यकलाकार किरण केसीको ‘सत्रुगते’ को शुक्रबार औपचारिक निर्माण घोषणा गरिएको हो ।

यस अघि जात्रा फिल्म निर्देशन गरेका प्रदीप भट्टराईले ‘सत्रुगते’ को निर्देशन गर्नेछन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, शिवहरि पौडेल, पल शाह, प्रियंका कार्की, आँचल शर्मा लगायतका कलाकारको अभिनय रहनेछ ।

१७ वर्षपछि मह संचारले फिल्म निर्माण गर्न लागेको हो । पछिल्लो समय कमेडी फिल्मले मार्केट लिइरहेको अवस्थामा पुन मह जोडी फिल्म निर्माणमा कस्सिएका हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा, हरिवंश र प्रदीप भट्टराईको संवाद, राजनराज शिवाकोटीको संगीत, कविराज गहतराजको नृत्य रहनेछ । दिर्घ गुरुङले छायांकन गर्ने यस फिल्ममा लगानी रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दिपकराज गिरी, दिपाश्री निरौला र शिवहरि पौडेलले गर्नेछन् । चलचित्र चाडै नै सुटिङफ्लोर जानेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो