मौनताबाट निस्केको सकस, काभ्रेको रियल घटना पर्दामा


Filmy Kura, Sep 16, 2017 at 3:19 pm

मौनता श्रेष्ठ नेपाली चलचित्रमा चिनाइ रहनु पर्ने नाम होइन । २०५२ सालबाट चलचित्र लेखनमा लागेका यि पाका लेखक अहिलेपनि समय अनुकुल घटनालाई पर्दामा उठाइरहेका हुन्छन् आफ्नो कलमको माध्यमले । दर्जनौ फिल्म लेखेका श्रेष्ठको सिर्जनामा तयार चलचित्र ‘सकस’ प्रदर्शनको पर्खाइमा छ । आगामी कात्तिक २४ गते रिलिजमा आउने यस फिल्ममा मौनताले काभ्रेको रियल स्टोरीलाई उतारेका छन् ।

काभ्रे भन्नसाथ कतिपयले गुन्डागर्दीको थलोको रुपमा लिने गरेका छन् । अधिकांश तामाङ समुदायक युवा छिटो कमाउ धन्दामा लाग्ने क्रममा गुन्डागर्दीको बाटो अपनाउन पुगेको पाइन्छ । यहि विषयलाई मौनताले खोजमूलक ढंगले प्रस्तुत गरेका छन् ‘सकस’ मा । कथाको पात्र समेत काभ्रे कै हुने र गुन्डागर्दीको निर्मूल पार्न उक्त पात्रले खेल्ने भूमिकालाई यस फिल्ममा देखाउन खोजिएको लेखक श्रेष्ठको भनाइ छ ।

‘सकस’ मा सेन्टिमेन्टल र म्यासेजको साथमा मनोरञ्जन पाइने दाबी गर्दै मौनताले दर्शकलाई यो फिल्म मनपर्ने ठोकुवा गरे । यद्धपि फिल्म गुन्डागर्दीको विषयमा केन्द्रित रहि रहता यसलाई प्रश्रय भन्दा निर्मूल पार्न आफूले यस्ता प्रकारका कथा उतार्ने गरेको लेखक श्रेष्ठले फिल्मीकुरालाई बताएका छन् ।

उनले लेखेका एकपछि अर्को फिल्म रिलिज पर्खाइमा रहेका छन् । एन.बी. महर्जन निर्देशित यस फिल्ममा सुन्दर श्रेष्ठ, विल्सन विक्रम राई, महिमा सिलवाल, सुष्मा कार्की, प्रज्वल गिरी लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो