दर्शकसँग पल र आँचल,  हाउसफूल जोनी जेन्टलम्यान


Filmy Kura, Sep 16, 2017 at 4:14 pm

प्रदर्शनको पहिलो दिन शुक्रबार सुखद व्यापार गरेको फिल्म जोनी जेन्टलम्यानले शनिबार भने देशकभरका प्राय जसो हलहरुमा हाउसफूलको व्यापार गरेको छ । राजधानीका गोपिकृष्ण, अष्टनारायण, गुण, गंगा र कलंकी लगायत हलहरु हाउसफूल भएको र मल्टिप्लेक्सका बिहानी शोमा ७५ प्रतिशत र दिवा शोहरुमा शतप्रतिशत अकुपेन्सी रहेको वितरक सुनिल मानन्धरले बताए । मोफसलमा पनि दर्शकको चाप राजधानीकै सरह रहेको निर्माता अजयमल्ल ठकुुरीको भनाई छ ।
हलमा दर्शक हाउसफूल भएपछि नायक पल शाह, नायिका आँचल शर्मा, निर्देशक नितिन चन्द र निर्माताहरु अजय र एन्डियु पौडेल हलहलमा पुगेका थिए । गोपिकृष्ण र अष्टनारायणका दर्शकसँग उनीहरुले खुसी साटे । पल र आँचलसँग सेल्फी खिच्न उनीहरुका फ्यानहरु झुम्मिएका थिए । शनिबारसँगै असोज ३ गते संविधान दिवसको सार्वजनिक बिदा परेका कारण जोनी जेन्टलम्यान लाई फाइदा पुग्ने देखिएको छ । पल र आँचको मुख्य भूमिका रहेको फिल्म एक्सन लभ स्टोरी जनराको हो । पल अभिनित यसै वर्ष प्रदर्शनमा आएको फिल्म म यस्तो गीत गाउँछु सुपरहिट भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो