निर्माता सन्तोष सेनले दिए नायक प्रदीपलाई कार उपहार


Filmy Kura, Sep 18, 2017 at 11:02 am

निर्माता सन्तोष सेनले नायक प्रदीप खड्कालाई कार उपहार दिएका छन् । आफू निर्मित पछिल्लो फिल्म ‘प्रेमगीत २’ ले गौरवमय ५१ दिन सुखद प्रदर्शन गरेको अवसरमा निर्माता सेनले नायक खड्कालाई ५३ लाख बराबरको कार उपहार स्वरुप दिएका हुन् ।

आइतबार राजधानीमा ५१ दिनको सेलिव्रेसन कार्यक्रममा आयोजना गरिएको थियो । जहाँ कभर सङ कम्पिटिसनको विजेता समेत घोषणा गरियो । आफ्ना दुई चलचित्र ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ मा कुशल अभिनय गरी फिल्मलाई व्यवसायिक रुपमा सफल गराउने कार्यमा प्रदीपले ठूलो भूमिका खेलेको भन्दै निर्माता सेनले उपहार प्रदान गरेका हुन् ।

त्यसो त यि दुई फिल्ममा प्रदीपलाई मेकर सेनले यदि फिल्म हिट भएको खण्डमा सेयर बापत ३० प्रतिशत दिने वाचा गरेका रहेछन् । सोही अनुरुप दुवै फिल्म हिट भएपछि प्रदीप महंगो कारको हकदार बनेका हुन् । आज सम्म फिल्म क्षेत्रमा कुनै पनि मेकरले यति महंगो रकम खर्चिएर उपहार प्रदान गरेको उदाहरण छैन । सन्तोष सेन मात्र एक यस्ता निर्माता हुन् जो न फिल्म स्तरिय बनाउन बजेटमा कन्जुस्याई गर्छन् न आफ्ना कलाकारलाई कुनै कुराको कमि नै हुन दिन्छन् ।

अबका दिनमा रातो कलरको कारमा नायक खड्का सवार हुनेछन् । कार पाएपछि प्रदीप निकै उत्साहित देखिन्थे । सन्तोषले साँचो हस्तान्तरण गर्दै प्रदीपलाई आगामी दिनमा पनि दुईजनाको फिल्ममा यस्तै सहकार्य रहने जनाए । आशुसेन फिल्मस्ले निर्माण गर्ने आगामी चलचित्र ‘दीपेन्द्र सरकार’ मा प्रदीप अनुबन्ध भइसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो