नायक प्रदीप खड्का बने नोभेम्बर जिन्स नेपालको ब्राण्ड एम्बेसडर


Filmy Kura, Sep 18, 2017 at 11:32 am

नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने उद्देश्यले विगत २ वर्षदेखि सञ्चालनमा आएको नोभेम्बर जिन्स नोपलले अहिलेका चल्तीका नायक प्रदीप खड्कालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।

राजधानीमा आइतबार एक कार्यक्रम मार्फत नोभेम्बर जिन्स नेपालका प्रबन्ध निर्देशक र नायक खड्काबीच ब्राण्ड एम्बेसडरका लागि एग्रिमेन्ट भएको थियो । समारोहमा बोल्दै प्रदीपले भने, ‘मलाई कहिले चाउचाउ कहिले साबुन त कहिले कुन ब्राण्डको एम्बेसडर बन्नका लागि अफर आइरहन्थ्यो । तर म आबद्ध भएपछि उक्त ब्राण्डको लागि आफूले पनि केहि दिन सक्नुपर्छ भनेर कुनैमा संलग्न भइन । नोभेम्बरका लागि भने ब्राण्ड प्रवद्र्धनका लागि सक्दो काम गर्नेछु ।’

नोभेम्बर जिन्स नेपालको उद्देश्य विदेशी ब्राण्डका कपडाहरुको उपभोगलाई कम गराउँदै लैजानु रहेको छ । साथै नेपालकै उत्पादनलाई युवा पुस्ता माझ स्थापित गराउने रहेको छ । हाल बजारमा जेन्स्का लागि चाहिने जिन्स प्यान्ट, टि–सर्ट, आउटर, विन्टर ज्याकेट, समर ज्याकेट आदि उपलब्ध छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो