जमरा राख्ने दिन ऐश्वर्य ट्रेलर आउट गरिने, भिन्न प्रचार शैली अपनाउँदै रमेश


Filmy Kura, Sep 18, 2017 at 12:07 pm

नेपालीहरुको महान पर्व बडा दशैं घर आँगनीमा भित्रदै छ । असोज ५ घटस्थापना अर्थात जमरा राख्ने दिन हो । उक्त दिन विश्व शान्ति दिवस समेत परेको छ । यहि दिन नायक तथा निर्माता रमेश उप्रेतीले आफू निर्मित तथा अभिनित चलचित्र ‘ऐश्वर्य’ को ट्रेलर आउट गर्दैछन् ।

संयोग यस्तो मिलेको छ कि विश्व शान्ति दिवस परेकाले ‘ऐश्वर्य’ टिजर हेरिसकेका सयौ दर्शकको मनमा एक प्रकारको कौतुहलता रहेको छ त्यसलाई ट्रेलरले धेरै हद सम्म मनलाई शान्त पारिदिने छ । यता टिकाको दिन कानमा लगाइने जमरा समेत सोहि दिन राखिने भएकाले ट्रेलर रिलिज उत्तम साहित मै गरिदैछ भन्न सकिन्छ ।

त्यसो त अभिनयमा अनुभवि मानिने रमेश दर्शकको कान सम्म ‘ऐश्वर्य’ फिल्मको विषयमा जानकारी पु¥याउनु पर्छ भन्ने हेतुले भिन्न प्रकारको प्रचार शैली अपनाउँदै छन् । अचेल सामाजिक सञ्जालको भित्ताहरु हेर्ने हो भने ‘ऐश्वर्य’ को ट्रोलले भरिएको छ भन्दा फरक पर्दैन । यो पनि एउटा प्रचार नै हो । यद्धपि उनले फिल्मको कन्टेन्ट नै दरिलो भएकाले चिप टाइपको प्रचारबाट आफू सदा सर्वदा टाढा रहेको बताएका छन् ।

सामाजिक सञ्जाल पछिल्लो समय निकै सशक्त भएका कारण उनको पहिलो रोजाई फेसबुक, ट्वीटर र अनलाईन प्रचारका लागि बढी फोकस छन् । त्यसको अलवा अन्य गतिविधि समेत गरिने उनको भनाइ छ । रमेश उप्रेती, दीपिका प्रसाई र प्रशान्त ताम्राकार मुख्य भूमिकामा रहेका यो चलचित्र कात्तिक ९ गतेबाट देशभरिका सिनेमा घरमा प्रदर्शन हुँदैछ ।

चलचित्रलाई दिवाकर भट्टराईले लेखन तथा निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो