पल–आँचलको जोनी जेन्टलम्यान हेर्न पूजा पुगिन् हल, यस्तो छ तीन दिने कलेक्शन


Filmy Kura, Sep 18, 2017 at 1:43 pm

शुक्रबार अर्थात गएको भाद्र ३० देखि प्रदर्शनमा आएको चलचित्र ‘जोनी जेन्टलम्यान’ को आइतबार राजधानीको विग मूभिजमा प्रेस शो गरिएको थियो ।

उक्त प्रेस शो मा नायिका पूजा शर्मा समेत सहभागी भएकी थिइन् । यस अघि पूजासँग पल शाहले ‘म यस्तो गीत गाउँछु’ मा जोडी भएर सँगै काम गरेका थिए । ‘जोनी जेन्टलम्यान’ मा भने पल शाह र आँचल शर्मा जोडीको रुपमा रहेका छन् । पल, आँचल, पूजाले एकसाथ पत्रकार तथा दर्शकसँग एकसाथ फिल्मलाई पर्दामा हेरे ।

निर्देशक नितिन चन्द फिल्म सकिएपछि छोटो प्रतिक्रिया दिदै भन्दै थिए, ‘मलाई त फिल्म के होला कस्तो होला पहिले देखि डर थियो । अहिले हेर्दापनि कहि कतै बिगारे कि भनेर डर लागिरहेको छ । चलचित्रलाई मिलेको दर्शकसाथ बाट भने म एकदम खुसी छु ।’ यता पल र आँचलले फिल्म हेर्ने दर्शकबाट मिश्रित प्रतिक्रिया मिलेको बताए ।

चलचित्रका वितरक सुनिल मानन्धरले जानकारी दिए अनुसार तीन दिनमा ‘जोनी जेन्टलम्यान’ ले मोफसल र उपत्यका गरि १ करोड बढीको ग्रस कलेक्शन गरेको छ । यहि रफ्तारमा हप्ता दिन फिल्म चलेको खण्डमा लगानी सुरक्षित रहने पक्का छ । चलचित्रलाई एन्ड्रिउ पौडेल र अजय मल्ल ठकुरीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो