सलमानलाई भेट्दा मिडियामा छाइन् सुष्मा


Filmy Kura, Sep 21, 2017 at 11:32 am

बलिउड अभिनेता सलमान खानसँग भेटेपछि नायिका सुष्मा कार्की यतिबेला हरेक मिडियाको हेडलाइन बनिरहेकी छिन् । लण्डनमा आयोजना गरिएको कन्सर्टमा शो मा भाग लिन पुगेका अभिनेता खानसँग नायिका कार्कीले भेट गर्ने मौका पाइन् ।

त्यो मौकालाई सदुपयोग गर्दै उनले सलमानसँग फोटो खिचाउन भ्याइन् । सुष्मापनि सोही कार्यक्रमका लागि लण्डन पुगेकी थिइन् । नेपाली थुप्रै कलाकार बलिउड अभिनेता खानको फ्यान रहेका छन् । तर यसरी सलमानसँग नेपाली कलाकारले भेट गर्न पाएको घटना भने विरलै छ ।

सुष्माले आफ्नो शिर सलमानको काँधमा राख्दै हसिलो मुद्रामा फोटो खिचाएर जब फेसबुकमा राखिन तब यो फोटोलाई लिएर विभिन्न समाचार समेत बने । केही भारतीय सञ्चार माध्यमले समेत यो न्यूज कभर गरेका छन् । त्यसो त सुष्मा हाल फिल्म बिहिन छिन् । अचेल उनको दिनचर्या यस्तै स्वदेश तथा विदेशका कार्यक्रममा सहभागी भएर बित्ने गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो