२० घण्टामा प्रियंकाको चोलीलाई झण्डै दुई लाख पटक हेरियो (भिडियो)


Filmy Kura, Sep 21, 2017 at 11:48 am

नायिका प्रियंका कार्कीको चोलीलाई २० घण्टामा झण्डै दुई लाख पटक हेरिएको छ । चलचित्र ‘फाटेको जुत्ता’ को ‘चोली’ बोलको गीत बुधबार रिलिज गरिएको थियो । युट्युवमा आक्रामक भ्यूज् पाएको गीतलाई कमेन्ट समेत निकै राम्रो मिलेको छ ।

अर्जुन कुमार फिल्मस् प्रोडक्सन प्रस्तुत यस फिल्म आगामी कात्तिक १७ गते देशभरिका सिनेमा घरमा प्रदर्शन हुँदैछ । सार्वजनिक गीतमा भने शंकर थापाको संगीत, डिपी खनालको शब्द, मीना निरौला र शंकर थापाको स्वर रहेको छ ।

सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रविन्द्र झा लगायतका कलाकार मुख्य भूमिका छन् यो फिल्ममा । निकेश खड्का निर्देशित फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो