ऐश्वर्यको बुलन्द ट्रेलर, रमेशको कमब्याक सुखद हुने संकेत (भिडियो सहित)


Filmy Kura, Sep 21, 2017 at 5:51 pm

चलचित्र ‘ऐश्वर्य’ को ट्रेलर रिलिज गरिएको छ । बिहीबार राजधानीमा एक औपचारिक कार्यक्रम मार्फत फिल्मको ट्रेलर रिलिज गरिएको हो ।

कार्यक्रममा उपस्थित सदाबहार नायिका करिष्मा मानन्धर देखि चलचित्रकर्मी अशोक शर्मासम्मले ट्रेलर बुलन्द बनेको प्रतिक्रिया दिए । त्यसो त नायक तथा निर्माता रमेश उप्रेतीको यो कमब्याक फिल्म हो । यस अघि सार्वजनिक गीत हिट लिस्टमा पर्नु र आज सार्वजनिक ट्रेलरले दर्शकको ध्यान तान्नुले रमेशको कमबयाक सुखद हुने संकेत देखिएको छ ।

प्रेम प्राप्तिका लागि हुने संघर्ष वा भनौ लडाईलाई ट्रेलरमा मुख्य रुपमा उठाइएको छ । समारोहमा फिल्म निर्माण यूनिटले पत्रकार तथा सञ्चारकर्मीको जिज्ञासा माथि रहेर प्रश्नोत्तर समेत गरेको थियो । ‘ऐश्वर्य’ मा रमेश उप्रेती, दीपिका प्रसाई, प्रशान्त ताम्राकार र केकी अधिकारीको मुख्य भूमिका रहेको छ । स्वास्थमा केही समस्या आएका कारण नायिका केकी भने अनुपस्थित थिइन् । डेव्यू नायिका दीपिकाले ऐश्वर्यमा जोडिन पाउँदा खुसी लागेको धारणा व्यक्त गरिन् ।

आजबाटै नेपालीहरुको महान पर्व बडा दशैं सुरु भएको छ । घटस्थापनाको पवित्र दिनमा दर्शक समक्ष ट्रेलर लिएर आएको यो टिमले सबैलाई बडादशैको शुभकामना समेत व्यक्त गरेको छ । ‘ऐश्वर्य’ दिवाकर भट्टराई लिखित तथा निर्देशित फिल्म हो । जसलाई रमेश उप्रेतीसँगै अर्जुन श्रेष्ठ र निर्मल शर्माले संयुक्त रुपमा मिलेर निर्माण गरेका हुन् ।

फिल्म आगामी कात्तिक ९ गते छठपर्वको दिनमा रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो