अशिष्माको ल्याङ ल्याङ एक दिनमा कतिले हेरे ? (भिडियो सहित)


Filmy Kura, Sep 23, 2017 at 6:08 pm

चलचित्र ‘रोमियो’ मा आबद्ध रहेको एक गीत ‘ल्याङ ल्याङ’ को अडियो हिट भइसकेको छ । यसको कभर भिडियो समेत युट्युवमा थुप्रै बनेका छन् तर फिल्मको ओर्जिनल भिडियो भने शुक्रबार रिलिज गरियो ।

नायिका अशिष्मा नकर्मीको साथमा हसनराजा खान र संजोग कोइराला फिचर भएको भिडियो भने २४ घण्टाको अन्तरालमा जम्मा ४३ हजार पटक मात्र हेरिएको छ । जून रुपमा भिडियो जानुपर्ने हो त्यो अनुरुप भने पिकअप लिन नसकेको देखिन्छ । यद्धपि भिडियोमा भने खोट लगाउने कुनै ठाउँ छैन ।

शंकर कार्की निर्देशित यस फिल्म आगामी कात्तिक २४ गतेदेखि प्रदर्शन हुँदैछ । एचआरके प्रोडक्शन प्रस्तुत ‘रोमियो’ हसनराजा खान, मेलिना मानन्धर, निशा अधिकारी, भानु प्रताप, ओशिमा बानु लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा तारा प्रकाश लिम्बुको संगीत, रामेश्वर कार्कीको छायांकन, अष्ट महर्जनको द्धन्द रहेको छ ।


Comments are closed.

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो