मेलाको पार्टी गीतमा अशिष्मालाई मोज गरौ भन्दै आमेश र सलोन


Filmy Kura, Sep 24, 2017 at 2:35 pm

चलचित्र ‘मेला’मा समावेश एक पार्टी गीत रिलिज गरिएको छ । दशैंको अवसर पारेर सार्वजनिक गरिएको गीतमा गिलास रित्तिएको कुरा गरिएको छ । राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको चलचित्र ‘मेला’को ‘खाली हुदै गयो गिलास’ बोलको गीतको भिडियो रिलिज गरिएको हो ।

विक्रम राइ र शशी रावलको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोमा चलचित्रका मुख्य ३ कलाकार सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीलाइ फिचरिङ गरिएको छ ।

पवित्रा आचार्यको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा दिव्य सुवेदीको छायांकन छ । हरि पन्तको प्रस्तुतीमा तयार भएको यो चलचित्रका निर्माता मनोज के मरोडिया हुन् । बसन्त निरौला निर्देशित यो चलचित्र कात्तिक २४ गतेबाट रिलिज हुदैछ ।

चलचित्रको कथावस्तुको बारेमा निर्माणपक्षले अझै पनि केही खुलाएको छैन । यसअगाडि सार्वजनिक ‘परिचय’ बोलको लोकलयको गीत हिट भैसकेको अवस्थामा यो गीतले पनि बजार तताउने विश्वास गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो