चिरबिर चिरबिर चाचरी हिट भएपछि रुद्रप्रियाको दोस्रो गीत रिलिज (भिडियो)


Filmy Kura, Sep 24, 2017 at 3:09 pm

यस अघि सार्वजनिक ‘रुद्रप्रिया’ को पहिलो गीत ‘चिरबिर चिरबिर चाचरी’ हिट भएसँगै दोस्रो गीत रिलिज गरिएको छ ।

आइतबार युट्युव मार्फत सार्वजनिक गरिएको ‘तिमी बाहेक अरु’ बोलको गीतमा सनुप पौडेल र अन्जु पन्तको युगल स्वर सुन्न सकिन्छ । अम्बिका शर्माको शब्द रचनामा अर्जुन पोखरेल संगीतबद्ध यस गीतमा आर्यन सिग्देल र रेखा थापा फिचर छन् । यो चलचित्र आगामी कात्तिक २ गते लक्ष्मीपूजाको दिनबाट प्रदर्शनीमा आउँदैछ ।

चलचित्रमा रेखा थापा, आर्यन सिग्देल र राजन इशानको शीर्ष भूमिका छ । रेखा फिल्मस् र आर्यन फिल्मस्को व्यानरमा निर्मित चलचित्रलाई सुदिप बब्बी भूपाल सिंहले निर्देशन गरेका हुन् ।


Comments are closed.

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो