एकैदिनमा हैट र वर्षा अभिनित दुई फिल्म लाग्ने, रोज राणालाई किन हतारो ?


Filmy Kura, Sep 25, 2017 at 12:33 pm

बुद्धि तामाङ ‘हैट’ र वर्षा राउतले अभिनय गरेको दुई छुट्टा छुट्टै फिल्म एकै दिनमा लाग्ने भएको छ । असोज ११ गते प्रदर्शनमा आउने ती दुई फिल्म हुन् ‘छक्का पन्जा २’ र ‘मेरो पैसा खोई ?’ । राम्रो मेकर समेत रहेका रोज राणा निर्देशित ‘मेरो पैसा खोई ?’ उपत्यकामा असोज ११ मा लाग्नेछ भने उपत्यका बाहिर असोज २० मा लाग्ने पक्का भएको छ ।

प्रचार प्रसारका हिसाबले दर्शकको कान कानमा ‘छक्का पन्जा २’ को एकमुष्ट जानकारी पुगिसकेको अवस्थामा रोजले एक्कासी आफ्नो फिल्म ल्याउदा केही हतारो गरेकी भन्ने लाग्न सक्छ । यद्धपि यसलाई लडाईको रुपमा लिनु हुन्न किनकि दशै जस्तो महान पर्वमा तीन देखि चार चलचित्र एकसाथ प्रतिस्पर्धा हुने बखत दुई वटा फिल्म हलमा लाग्नुलाई स्वभाविक रुपमा लिन सकिन्छ । दर्शककलाई पनि चुज गर्ने मौका दिनु आवश्यक छ किनकि सबैलाई एकै टेष्टका फिल्म मन नपर्न सक्छ ।

कलाकारको कुरा गर्दा ‘मेरो पैसा खोई ?’ मा सौगात मल्ल, वर्षा राउत, छुल्ठिम गुरुङ, सागर तिवारी, रविन तामाङ, बुद्धि तामाङको शीर्ष भूमिका छ । यता दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा २’ मा भने दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, जितु नेपाल, केदार घिमिरेको मुख्य भूमिका रहेको छ । व्यापारिक रुपमा हेर्ने हो भने ‘छक्का पन्जा २’ को उपत्यकामा अग्रिम बुकिङ सुरु भइसकेकाले मल्टिप्लेक्समा ‘मेरो पैसा खोई ?’ को पकड उति सारो नहुने देखिएको छ ।

आइतबार मात्र रोज निर्देशित चलचित्र ‘मेरो पैसा खोई ?’ को ट्रेलर रिलिज गरिएको छ । प्रचारका हिसाबले समय अपुग भएको कुरालाई नकार्न सकिन्न यद्धपि फिल्मको प्रस्तुतिकरण र विषयवस्तु सशक्त रहेको निर्माण पक्षको ठहर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो