मेरो पैसा खोईको मंगलबार गरियो विशेष शो, रोजले किन गरे प्याट्रन चेन्ज ?


Filmy Kura, Sep 27, 2017 at 10:47 am

रोज राणा निर्मित तथा निर्देशित चलचित्र ‘मेरो पैसा खोई ?’ को मंगलबार राजधानीमा अवस्थित गोपीकृष्ण हलमा विशेष शो गरिएको छ । चलचित्र हेर्न फिल्मकी अभिनेत्री छुल्ठिम गुरुङ, निर्देशक राणा, नायक रमेश उप्रेती, कलाकार निर्मल शर्मा लगायतका अन्य व्यक्तित्व उपस्थित थिए ।

झण्डै दुई घण्टाको फिल्मलाई पर्दामा नियालेपछि निर्देशक रोजले प्याट्रन चेन्ज गरेको भनाइ राखे । कुनै समय ‘खलनायक’ र ‘दोस्ती’ जस्ता एक्सन प्याट्रनका फिल्म निर्माण गरी सबैको मन जितेका रोज यो पटक भने कमेडी जनराको फिल्मका साथ आएका छन् । फिल्मीकुरा सँग कुरा गर्दै उनले भने, ‘समय सुहाउदो फिल्म बनाउनु आजको आवश्यकता हो । जहिले एउटै टाइपको फिल्म ल्याउदा दर्शकलाई मनोटोनस होला भनेर केही भिन्न गर्ने प्रयास मैले मेरो पैसा खोईमा गरेको छु ।’

आज बडा दशैंको सातौ दिन फूलपातीको दिनबाट उपत्यकाका विभिन्न हलमा सार्वजनिक प्रदर्शनमा आएको यस फिल्ममा सौगात मल्ल, वर्षा राउत, छुल्ठिम गुरुङ, रविन तामाङ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् । यो चलचित्र उपत्यका बाहिर भने असोज २० गते प्रदर्शन हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो