रानी बनेकी मलिनालाई आफ्नो बनाउन तीन केटाको तछाड मछाड (भिडियो)


Filmy Kura, Sep 27, 2017 at 6:00 pm

चलचित्र ‘रानी’ को ट्रेलर बुधबार रिलिज गरिएको छ । रानीको भेषमा देखिएकी मलिना जोशीलाई आफ्नो प्रेममा पार्न तीन केटा तछाड मछाड गरेर लागेको ट्रेलरमा देख्न सकिन्छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा मलिना जोशी सँगै अनुप विक्रम शाही, मनिष सुन्दर श्रेष्ठ र सारुक ताम्राकारको मुख्य भूमिका छ । नेपाली फिल्म क्षेत्रका लागि मनिष र सारुक नयाँ अनुहार हुन् । पुराना तथा पाका निर्देशक दयाराम दाहाल निर्देशित ‘रानी’ लाई बिमल मान गोभाजुले निर्माण गरेका हुन् ।

आउदो तिहार लक्षित चलचित्र कात्तिक २ गते देखि देशभरिका सिनेमा घरमा प्रदर्शन हुँदैछ । कमन नेम माथि निर्माण भएको यस चलचित्रमा पुरुषोत्तम प्रधान, मान कृष्ण महर्जन र सिसन बाँनियाको छायांकन, यम थापाको लेखन, विजय घिमिरे र निकिता थापाको संगीत रहेको छ ।

चलचित्रको वितरण सुनिल मानन्धरले गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो