दोस्रो सातामा छक्का पन्जा २, यस्तो छ पहिलो हप्ताको कमाई


Filmy Kura, Oct 6, 2017 at 6:35 pm

कुनै समय फिल्ममा हास्यकलाकारलाई केबल सपोटिङ रोलमा खेलाइन्थ्यो । र, समाजले समेत उनीहरुलाई जोकरको रुपमा लिने परिपाटी थियो । तर अहिले आएर तिनै हास्यकलाकारले नेपाली फिल्मको मार्केटलाई धानेका छन् भन्दा फरक पर्दैन ।

टेलिभिजनकै पर्दामा रमाइरहेका दीपकराज गिरी र दीपाश्री निरौलाले समकक्षी हास्ककलाकार लिएर निर्माण गरेको फिल्म ‘छ एकान छ’ देखि अहिले आएर ‘छक्का पन्जा २’ सम्मको यात्रालाई केलाउने हो भने यो टिम आफैमा एउटा सशक्त ब्राण्डको रुपमा स्थापित भइसकेको छ । यस अघि यो समूहले निर्माण गरेको ‘छक्का पन्जा’ नेपाली फिल्मको क्षेत्रमा सर्वाधिक कमाई गर्ने फिल्म बन्न पुग्यो । १७ करोड ग्रस कलेक्सन गरेको यो फिल्मको सिक्वेलले भने हप्ता दिनमै ८ करोड माथिको ग्रस कलेक्सन गरेर अर्को ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

विजया दशमी लक्षित चलचित्र फूलपातीको दिनबाट प्रदर्शनमा आएको थियो । हाल दोस्रो सातामा भव्यताका साथ लागिरहेको ‘छक्का पन्जा २’ ले प्रतिदिन करोड माथिको व्यापार गरिरहेको छ । डिपेन्डेन्ट भिसामा विदेसिन खोज्ने युवाहरुको समस्यालाई मूलकथा बनाई निर्माण गरिएको ‘छक्का पन्जा २’ हेर्न सबै उमेर समूहका दर्शक हल पुगेका छन् । त्यसो त छक्का पन्जा जतिको हासो छर्ने काम भने ‘छक्का पन्जा २’ ले गर्न नसकेको गुनासो पनि कतिपय दर्शकले गरेका छन् । महिला निर्देशकमा अब्बल सावित भएकी छिन् दीपाश्री निरौला । यस अघि महिला निर्देशकले बनाएका फिल्मले कुनै प्रकारको हलचल ल्याउन सकेको थिएन ।

मूलधारका फिल्म मेकरलाई समेत ‘छक्का पन्जा २’ ले चुनौती पैदा गरिदिएको छ । कुनै कथावस्तुमा दुई वटा गीत, चार वटा फाइट राखेर फिल्म निर्माण गरिने प्रवृत्ति अन्त्य गरिनुपर्छ भन्ने गतिलो उदाहरण यो फिल्मले दिएको छ । विशेषत गहन विषयमा कमेडी मिसाउन खोज्दा यो पटक टिम केही चिप्लिएको कुरालाई नकार्न सकिदैन । यद्धपि बिकाउ ब्राण्ड भएकाले फिल्मले उल्लेख्य दर्शकसाथ पाएको छ ।

चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतका कलाकारले अभिनय गरेका छन् । यो टिमले ‘छक्का पन्जा ३’ निर्माण गर्ने जनाएको छ । खासगरि नेपाली फिल्म भन्नसाथ नाक खुम्च्याउने दर्शकलाई एउटा घतलाग्दो कुरा भन्दिहालौ कि ‘छक्का पन्जा २’ ले सोहि मितिमा रिलिज भएको बलिउड फिल्मलाई समेत मात खुवाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो