रुद्रप्रिया रिलिज संघारमा खुल्यो आर्यन–रेखा मिलनको रहस्य


Filmy Kura, Oct 9, 2017 at 5:43 pm

नायक आर्यन सिग्देल र नायिका रेखा थापाबीच झण्डै ८ वर्षपछि भएको मिलनको भित्री रहस्य खुलेको छ । कुनै समय एक अर्कालाई कट्टर दुश्मन झै ठान्ने यि दुईको मिलन युवा निर्देशक सुदीप भूपाल सिंहले गराएका हुन् ।

सोमबार राजधानीमा पत्रकार सम्मेलनमा बोल्दै आर्यनले भने, ‘हामी बीच त्यस्तो चित्तै दुख्ने गरी त केही भएको थिएन । तर यस्तो हुरी आइदियो जसले मलाई एकातिर पु¥याइदियो अनि रेखालाई अर्को विन्दुतिर पु¥याइदियो । आज आएर समयले हामीलाई फेरि एक गराएको छ ।’ उनले जे हुन्छ त्यो राम्रैका लागि हुने भन्दै ‘रुद्रप्रिया’ जस्तो राम्रो फिल्मबाट अफर आएपछि रेखासँगको मिलन सम्भव हुन पुगेको बताए ।

यता नायिका रेखाले मिलनको पल सम्झदै भनिन्, ‘निर्देशक सिंहले फोनमा आर्यनलाई रेखासँग बोल लाउ भन्दा सुरुमा त उसले फोन काटेको थियो । तर पछि राम्रो प्रोजेक्टका लागि हामी एक भएरै छाड्यौ ।’ उनले कतिपय टकराबले फिल्म क्षेत्रलाई नै हानी पु¥याइरहेको बताउँदै यो मिलनलाई सुखद रुपमा लिइ दिन आग्रह गरिन् ।

चलचित्रका निर्देशक सुदीपले स्टोरीको डिमान्ड नै आर्यन भएको खुलाउदै रेखा र आर्यनको विकल्पमा ‘रुद्रप्रिया’ बन्न असम्भव रहेको कुरा बताए । लभस्टोरी जनराको यो चलचित्रमा रेखा थापा, आर्यन सिग्देल र राजन इशानको मुख्य भूमिका रहेको छ ।

आगामी कात्तिक २ गते लक्ष्मीपूजाको दिनबाट यो चलचित्र देशभरिका सिनेमा घरमा प्रदर्शन हुँदैछ । चलचित्रलाई काठमाडौंमा गोपालकाजी कायस्थले वितरण गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो