तीन ठूला मेकर मिलेर नेपाल भाषाको फिल्म लाखे भाजु निर्माण गर्दै


Filmy Kura, Oct 10, 2017 at 5:55 pm

नेपाली फिल्म क्षेत्रमा स्थापित तीन ठूला मेकर नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ र प्रदीपकुमार उदय मिलेर नेपाल भाषाको फिल्म ‘लाखे भाजु’ निर्माण गर्दैछन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सांस्कृतिक विषयमाथि फिल्म निर्माण गर्ने जानकारी दिइएको हो ।


नेपाल भाषाकै फिल्मबाट रजतपटमा पाइला राखेकी अशिष्मा नकर्मी प्रस्तुतकर्ता रहेको यस फिल्मलाई दुई दशक देखि नेवारी फिल्ममा कार्यरत आर्यम नकर्मीले लेखन तथा निर्देशन गर्नेछन् । फिल्म निर्माण घोषणा समारोहमा लाखे नाच समेत देखाइएको थियो । निर्माण बापत पचास लाख लागत अनुमान गरिएको ‘लाखे भाजु’ मा अशिष्मा नकर्मी, सोहित मानन्धर, मदनदास श्रेष्ठ, नगीना जोशी, गणेशराम लाछी लगायतका कलाकारको अभिनय रहनेछ ।

चलचित्रमा सुसन प्रजापतिको छायांकन, मनराजा नकर्मीको संगीत, खड्ग बहादुर तामाङको कला निर्देशन रहनेछ । समारोहमा नेपाल भाषाको फिल्ममा कार्य गरी योगदान पु¥याएका व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो । उक्त कार्यक्रम समेत नेवारी भाषामै सञ्चालन गरिएको थियो । नरेन्द्र, गोपाल र उदयको अलवा फिल्ममा सुन्दर राज भण्डारी र दिपक श्रेष्ठको लगानी रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो