पिंजडा व्याक एगेनको गीत रिलिज, राजनराजले दर्ता गरे अर्को हिट नम्वर (भिडियो)


Filmy Kura, Oct 12, 2017 at 4:51 pm

चलचित्र ‘पिंजडा व्याक एगेन’ को पहिलो गीत रिलिज गरिएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी निर्माण यूनिटले पहिलो प्रचार सामाग्री स्वरुप गीत रिलिज गरेको हो ।

पछिल्ला दिन यता चलचित्रको गीतमा भिन्न प्रकारको मौलिक शब्द तथा संगीत मार्फत चिनारी दिएका राजनराज शिवाकोटीको शब्द, संगीत तथा स्वर यो गीतमा रहेको छ । राजनलाई फिमेल भोकलमा चर्चित गायिका अन्जु पन्तले साथ दिएकी छिन् । गीत रिलिज कार्यक्रममा बोल्दै सर्जक राजनराजले भने, ‘मैले गीतमा ठेट शब्दको प्रयोग गर्ने गरेको छु । नयाँ पुस्ताका व्यक्तिलाई ती शब्द एउटा बुक झै बन्नेछ भन्ने मलाई लाग्छ ।’ उनले चालिस पचास वर्ष पहिले गाउँघरमा प्रयोग गरिने शब्द यो गीतमा समावेश गरेको बताए । यसअघि उनी सिर्जित रचना ‘पूर्व पश्चिम रेल’, ‘सुर्के थैली’, र ‘कुटुमा कुटु’ ले एक खालको रकर्ड कायम गरिसकेका छन् । यो गीत पनि हिट लिस्टमा पर्नेमा कुनै दुई मत छैन ।


समारोहमा चलचित्रका नायक निखिल उप्रेतीले डान्सिङ नम्वरमा जति सक्दो कम्मर हल्लाउने प्रयास गरेको बताए । यता नायिका सारा सिर्पालीले यस अघि निखिलसँग ‘रुद्र’ मा काम गर्ने अवसर पाएकै कारण यो चलचित्रमा दोहिरिने मौका आफूले पाएको भनाइ राखिन् । प्रस्तुत गीतमा निखिल र सारालाई नचाउने काम रामजी लामिछानेले गरेका छन् ।

मौनता श्रेष्ठले लेखेको चलचित्रलाई हिमाल केसीले निर्देशन गरेका हुन् । झण्डै १९ वर्ष पहिले निर्माण भएको निखिल अभिनित ‘पिंजडा’ बाट यो फिल्मको टाइटल तय गरिएको छ । ‘पिंजडा’ निखिलको डेव्यू फिल्म समेत हो । तथापी यो उक्त फिल्मको सिक्वेल भने नभएको निर्माण पक्षले जनाएको छ । यो फिल्ममा निखिल उप्रेती, सारा सिर्पाली, सुष्मिता केसी, पुकार भट्टाराई, ज्याक श्रेष्ठ र कुशाग्र भट्टराईको मुख्य भूमिका रहेको छ । श्रीराम बराल प्रस्तुत चलचित्र आगामी माघ ४ गते रिलिज हुनेछ । चलचित्रलाई उपत्यकामा गोपाल कायस्थले र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो