कलाकारले नै निर्माण गरेको फिल्म निर्देशन गर्न पाउने यि हुन् भाग्यमानी निर्देशक दिवाकर


Filmy Kura, Oct 13, 2017 at 1:01 pm

चलचित्र क्षेत्र अहिले मात्र होइन पहिले देखि नै आकर्षणको केन्द्रको रुपमा रहेको थियो । पेशागत रुपमा सुरक्षित थलो नभएपनि यो क्षेत्रमा नवप्रवेशीको आगमन बढ्दो छ । कतिपय चलचित्रकर्मी भने बिचमा भएको ग्यापलाई ब्रेक गर्दै पुन फिल्म मेकिङ, अभिनय र निर्देशनमा लागिपरेको पाइन्छ । यहि क्रममा बीचमा भएको ग्याप चिर्दै नायक रमेश उप्रेती चलचित्र ‘ऐश्वर्य’ मार्फत मेकरको समेत परिचय थप्दै आइपुगेका छन् । र, उनी निर्मित तथा अभिनित चलचित्र कात्तिक ९ गते अल नेपाल रिलिज हुँदैछ ।

यो चलचित्रलाई युवा निर्देशक दिवाकर भट्टराईले लेखन तथा निर्देशन गरेका हुन् । यस अघि ‘स्टुपिड मन’, ‘ड्रिम्स’ लगायतका फिल्म निर्देशन गरेका उनले ‘ऐश्वर्य’ सम्म आइपुग्दा आफूले कलाकारले नै निर्माण गरेको फिल्म एक्सन कट गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले थपे, ‘अरु मेकर भइदिएको भए मलाई कतिपय ठाउँमा बुझाउन गाह्रो हुन्थ्यो तर कलाकारले नै निर्माण गरेको फिल्ममा काम गर्न धेरै सहज भएको महसुस मैले गरे । त्यसमाथि रमेश दाईसँगको सहकार्य त मेरो लागि स्मरणिय रह्यो ।’ उनले चलचित्रको विषयवस्तु अनुरुप कलाकारको कम्बिनेशन पर्दामा सुहाउँदो प्रकारले भएको बताएका छन् । उनी हिरो हुने सोखले फिल्म क्षेत्रमा प्रवेश गरेका थिए । म्युजिक एल्बम समेत निकालेका दिवाकर कालान्तारमा आएर भने निर्देशक बन्न पुगे । पछिल्लो समय यता चलचित्रको यो धार र उ धार भन्दै व्याख्या विश्लेषण समेत हुने गरेको छ । तर राम्रो उत्कृष्ट फिल्मलाई मात्र दर्शकले साथ दिने दिवाकरको विश्वास छ ।

एक हिसाबले रमेशको त यो अग्नी परीक्षा हुँदै हो तर आफ्नो लागि समेत अग्नी परीक्षाको समय सुरु भएको दिवाकरको बुझाई छ । हाल सम्मका प्रचार सामाग्रीले दर्शकको मन छोएका कारण पनि अपेक्षा ज्यादा हुन सक्ने उनको भनाइ छ । यसै चलचित्रबाट दीपिका प्रसाईले नायिकाको रुपमा डेव्यू गरेकी छिन् । हिरोको भन्दा ज्यादा भिलेनको चर्चा भइरहेको छ । प्रशान्त ताम्राकारको डरलाग्दो लुक्सले अझ ‘ऐश्वर्य’ प्रतिक्षित बनेको छ । चलचित्रमा केकी अधिकारीको समेत शीर्ष भूमिका दर्शकले हेर्न पाउनेछन् । यस अर्थ यि सबै कुराले ‘ऐश्वर्य’ एक स्तरले राम्रै बनेको होला भन्ने दर्शकले अनुमान लगाएका छन् । चलचित्रमा रमेश सँगै अर्जुन श्रेष्ठ र निर्मल शर्माको लगानी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो