रानी : फिल्म रिलिज संघारमा कलाकारको हराउने बानी, पाका निर्देशकलाई कति चुनौती ?


Filmy Kura, Oct 13, 2017 at 1:30 pm

युवा पुस्ता लक्षित चलचित्र हो ‘रानी’ । त्रिकोणात्मक प्रेमकथामा आधारित ‘रानी’ कात्तिक पहिलो साता अर्थात नेपालीको अर्को महान पर्व तिहारको छेको पारेर २ गते लक्ष्मीपूजाको दिनबाट रिलिज हुँदैछ ।

यसै फिल्मबाट दुई नव अनुहार सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठले हिरोको रुपमा प्रवेश गरेका छन् । त्यसो त मेकरलाई भन्दिहालौ कि चलचित्र बनाएर मात्र हुँदैन हल सम्म ल्याउदा दर्शक अपेक्षा यदि गरेको हो भने सबैको कान कान सम्म विभिन्न कार्यक्रम गरेर प्रचार प्रसार गर्नु आवश्यक छ । तर ‘रानी’ को केसमा प्रचार यति सम्म फित्तलो देखिएको छ कि यसमा आबद्ध कलाकार अहिले कुन दुलोमा लुकेर बसेका छन् अत्तो पत्तो छैन । त्यसमाथि दुई डेव्यू हिरोको भविष्य समेत यहि फिल्मले निर्धारण गर्दैछ । चलचित्रमा नायक भन्दा ज्यादा खलनायकको भूमिकामा दर्शकले रुचाएका अर्का कलाकार अनुप विक्रम शाही पनि यो फिल्मको मुख्य पात्र हुन् । तर उनी पनि आफू अभिनित फिल्म हल लाग्ने बेलामा दर्शकलाई जानकारी दिनुपर्छ भनेर उतिसारो चासो पूर्वक लागेका छैनन् । यता आधा दर्जन जस्तो फिल्म खेलिसकेपनि दर्शक रिजाउनबाट चुकेकी नायिका मलिना जोशी ‘रानी’ को लिड एक्टर हुन् । ‘रानी’ तर फिल्म रिलिज संघारमा कलाकारको हराउने बानीले यो फिल्मले तिहार जस्तो पर्वमा के कति दर्शक साथ पाउला त्यो भने कात्तिक २ पछि हामी जानकारी गराउने नै छौ ।

‘रानी’ लाई स्थापित निर्देशक दयाराम दाहालले निर्देशन गरेका हुन् । यम थापाको लेखन रहेको फिल्ममा विमल मान गुभाजुले लगानी लगाएका छन् । भानु महर्जन प्रस्तुतकर्ता रहेको यस फिल्मको गीतमा विजय घिमिरे र निकिता थापाले संगीत दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो