टेन टु फाइभको माध्यमबाट प्रचण्डको शरणमा पुगे नायक रमेश उप्रेती


Filmy Kura, Oct 13, 2017 at 2:02 pm

राजनीतिमा भयङ्कर खेलाडी मानिन्छन् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । सत्तारुढ दल कांग्रेससँग सरकारमा रहदा रहदै प्रतिपक्षी दल नेकपा एमालेसँग बाम एकता गरेपछि त उनको सर्वत्र चर्चा र आलोचना दुवै भइरहेको छ ।

यसैबीच उनै प्रचण्डको शरणमा पुगेका छन् नायक तथा निर्माता रमेश उप्रेती । पछिल्लो समय धमाधम कलाकार पार्टी प्रवेश गरिरहेको बखत रमेशले प्रचण्डलाई भेट्नुमा कतै पार्टी प्रवेशको चक्कर त होइन् भन्ने लाग्नु स्वभाविक हो । तर रमेश प्रचण्डलाई आफू अभिनित तथा निर्मित चलचित्र ‘ऐश्वर्य’ को जानकारी दिन पुगेका हुन् । नझुक्किनु होला उक्त प्रचण्ड रियल नभई रिलका मात्र हुन् ।


टेलिशृङ्खला ‘टेन टु फाइभ’ मा प्रचण्डको भेष धरेर अभिनय गर्ने कलाकार घनश्याम गौतम हुन् । जून टेलिशृङ्खलालाई कमल मैनाली र निर्मल शर्मा ‘गैडा’ ले निर्देशन गर्ने गर्छन् । निर्देशक मध्येका एक निर्मलको समेत ‘ऐश्वर्य’ मा लगानी रहेको छ । शुक्रबार गरिएको टेलिफिल्मको सुटमा नायक तथा निर्माता रमेश उप्रेती र खलअभिनेता प्रशान्त ताम्राकारले अभिनय गरेका छन् ।

यो टेलिफिल्म एपिवान एच.डी.बाट प्रशारण हुने गर्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो