उल्टो साइकल चलाएर ६३ देश घुमेका बिरेशको जीवनीमा आधारित चलचित्र बन्ने


Filmy Kura, Oct 13, 2017 at 6:38 pm

उल्टो साइकल चलाएर ६३ देश घुमेका बिरेश दाहालको जीवनीमा आधारित चलचित्र ‘उल्टो साइकल’ निर्माण हुने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो ।


१ करोड ३० लाख अनुमानित बजेटमा निर्माण गर्न लागिएको चलचित्रलाई एनआरएन जीता कटवालले लगानी लगाउनेछिन् । विश्व उल्टो साइकल यात्री दाहालको साहसिक एवं रोमाञ्चक यात्रा र जीवनीमा आधारित यस चलचित्रलाई श्रीराम दाहालले लेखन तथा निर्देशन गर्नेछन् । उनले विगत ६ वर्ष देखि चलचित्रको लागि स्क्रिप्ट लेखनको कार्य अनवरत रुपमा गर्दै आएको र त्यसले मूर्त रुप पाएको समारोहमा बताए । यता साइकल यात्री दाहालले आफूले ६३ देश पुग्दाको अनुभव उक्त कार्यक्रममा सेयर गरेका थिए । विदेशको यात्रा अगाडि उनले नेपालको मेची– महाकाली यात्रा सम्पन्न गरेका थिए । आगामी पौष २७ गतेबाट उदयपुर सँगै मेची– महाकाली राजमार्गका विभिन्न स्थानहरुमा चलचित्रको छायांकन प्रारम्भ गरिने निर्माण संस्थाले जनाएको छ ।

नरेन्द्र बराल र बिनोद खतिवडा कास्टिङ निर्देशकको रुपमा छनोट भएका छन् । बिग बुद्ध इन्टरटेन्मेन्ट प्रा.लि. को व्यानरमा निर्माण हुन लागेको यस फिल्ममा कलाकार तथा प्राविधिक भने छनोट हुन बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो