डार्क कमेडी फिल्म अमेरिका ब्वाइज निर्माण घोषणा, सुनिल र अर्पण लिडमा


Filmy Kura, Oct 15, 2017 at 1:20 pm

डार्क कमेडी जानराको फिल्म ‘अमेरिका ब्वाइज’ निर्माण घोषणा गरिएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो ।

बडी इन्टरटेन्मेन्ट र सिबर्ड पिक्चर्सको संयुक्त प्रस्तुति ‘अमेरिका ब्वाइज’ मा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, सृष्टि कार्की लगायतका कलाकारको अभिनय रहनेछ । समारोहमा बोल्दै चलचित्रका कलाकार अर्पण थापाले यो चलचित्र बुझ्ने भाषामा भन्नुपर्दा रेष्टुरेन्टमा गएर मेनु हेर्दा थुप्रै परिकार चाख्न मन लागेपनि अन्तिममा खाने मम र चाउमिन जस्तै भएको बताए । यता अर्का कलाकार सुनिलले चलचित्र सस्पेन्स रहेकाले अहिले क्यारेक्टर देखि अन्य पक्षमा खुलाइ हाल्न सान्दर्भिक नुहुने तर्क गरे ।

चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गर्नेछन् । इन्द्र प्रसाद खरेल र डम्बर चन्द चलचित्रका लगानी कर्ता हुन् । विवेक पाण्डेको लेखन रहेको यस फिल्ममा आलोक सुक्लाको छायांकन, निमेश श्रेष्ठको सम्पादन, दीपक आर.जे. र जयन वाइवाको संगीत रहनेछ ।

चलचित्रका मिडिया कोअर्डिनेटर सरोज श्रेष्ठ हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो