गर्जिए राते काइला, ‘टेलिभिजनमा फिल्म रोक्नु भन्दा सेम डेटमा हिन्दी फिल्म नलगाउनुस्’


Filmy Kura, Oct 15, 2017 at 1:52 pm

पछिल्लो समय नयाँ नेपाली फिल्म टेलिभिजन र हलमा एकै दिन लगाउने कुरालाई लिएर दुई कित्तामा चलचित्रकर्मी विभाजित बनेका छन् । हलवाला एकै मितिमा दुईतिर फिल्म लगाउन तयार छैनन् भने मेकर टेलिभिजनमा देखाउनाले केही हद सम्म भएपनि आफूले राहत पाएको महसुस गरिरहेका छन् ।

यसैबीच चलचित्र क्षेत्रमा लामो समय खल–अभिनेताको रुपमा सबैको मन जितेका कुशल कलाकार सुनिल थापा उर्फ राते काइलाले वितरक तथा प्रदर्शकहरुको छाता संगठन नेपाल चलचित्र संघको पछिल्लो निर्णयमा मुख खोलेका छन् । संघले एकै मितिमा चलचित्र चलाउन नसकिने भन्दै टेलिभिजनमा देखाउने फिल्म हलमा रोक्ने निर्णय गरेको थियो । यहि कुरालाई लिएर कलाकार थापाले भनेका छन्, ‘बरु सेम डेटमा हिन्दी फिल्म नलगाउनुस् । म नेपाली फिल्मको कलाकार हुँ । हिन्दी फिल्म नेपाली हलमा उहि मितिमा लाग्दा मलाई चित्त दुख्छ । बलिउडको बजार ठूलो छ । उनीहरुले त जसरी पनि लगानी सेफ गर्छन् तर नेपाली फिल्मको लागि पनि हल सञ्चालकले सोच्ने पो हो कि ?’

बलिउड फिल्ममा समेत अभिनय गरिसकेका सुनिलले टेलिभिजनमा नयाँ नेपाली फिल्म हलमा चलाएको एक हप्ता पछि देखाउदा कुनै समस्या नआउने समेत बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो