रेखाको अङ्गालोमा शिल्पा, हेरिरहे छविले तर खिचाएनन् फोटो


Filmy Kura, Oct 17, 2017 at 12:23 pm

सोमबार साँझ राजधानीमा गरिएको चलचित्र ‘रुद्रप्रिया’ को प्रिमियरमा नायिका शिल्पा पोखरेल बाघ निर्माता छविराज ओझासँग ठाटिएर पुगिन् । मिडियाको क्यामेरा यी दुई तर्फ तेर्सिए ।

छवि र शिल्पाबीच पहिले देखि नै ज्यादा निकटता रहदै आएको थियो । यी दुई कुमारी हलमा पुग्नु पुर्व नै चर्चित अभिनेत्री रेखा थापा आइसकेकी थिइन् । उनी रेड कार्पेटमा हिडेर स्टेजमा फोटो खिचाउन व्यस्त थिइन् । जब छवि र शिल्पा आइपुगे सबैले अनुमान गरे यी दुई पनि रेड कार्पेटमा हिड्छन् भनेर तर छविले स्टेज उक्लन त्यति मन गरेनन् । सायद उनी रेखासँगको अर्को गसिब चाहादैन थिए ।

शिल्पा भने रेड कार्पेट हिड्दै स्टेज उक्लिइन् । जहाँ थिइन् रेखा थापा । यी दुईले एक अर्कालाई दरिलो गरि हग् गरे । थोरै कुराकानी पनि गरे । यी दृश्य हलको प्राङ्गणबाट छविले नियाली रहे । तर उनी स्टेज गएनन् र फोटो खिचाएनन् । ख्याल रहोस् रेखा छविको पूर्वपत्नी हुन् । यी दुई अलग्गिएको पनि लामो समय भइसकेको छ । सामान्यतया कार्यक्रममा भेट हुँदा छवि र रेखा बोले जस्तो त गर्छन् तर हृदय देखि खुलेर बोलेको भने पाइन्न ।

रेखा थापा र आर्यन सिग्देल अभिनित ‘रुद्रप्रिया’ कात्तिक २ गते लक्ष्मीपूजाको दिनबाट डिस होम च्यानल र नेपालका अधिकांश हलमा एकसाथ प्रदर्शन हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो