गोपीमा बाधियो खगेन्द्रसँग सुरक्षाको जोडी, रंगपत्रकार दीपेन्द्रले गर्नेछन् निर्देशन


Filmy Kura, May 2, 2018 at 1:52 pm


कलाकार खगेन्द्र लामिछाने र सुरक्षा पन्तलाई मुख्य भूमिकामा लिएर चलचित्र ‘गोपी’ निर्माण गरिने भएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत यो चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो ।

लामो समय देखि चलचित्र पत्रकारितामा क्रियाशिल दीपेन्द्र लामाले ‘गोपी’ को निर्देशन गर्दैछन् । यस अघि उनले ‘घामपानी’ निर्देशन गरेका थिए । देशमै सम्भावना देख्ने युवाहरुको कथालाई चलचित्रमा उतारिने निर्माण यूनिटले बताएको छ । आरोही इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको ‘गोपी’ मा खगेन्द्र र सुरक्षाको अलवा अंकित खड्का, प्रकाश घिमिरेको समेत अभिनय रहनेछ । चलचिको छायांकन भदौ १ गतेबाट प्रारम्भ हुने जनाइएको छ ।

चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । उनी लामो समय देखि फोटो पत्रकारिता गर्दै आइरहेका छन् । आरोही केसी निर्माता रहेको ‘गोपी’ मा सामिप्याराज तिमिल्सिनाको पटकथा रहेको छ । पत्रकारिता पृष्ठभूमिबाटै आएका तिमिल्सिनाले पछिल्लो समय फिलम लेखनलाई अझ परिमार्जित गर्दै लगेका छन् ।

बाहिरको व्यानरमा निकै कम काम गर्ने खगेन्द्रले यो फिल्मको कथाले आफूलाई तानेको बताएका छन् । यस अघि ‘धनपति’ चलचित्र मार्फत खगेन्द्र र सुरक्षाको जोडीलाई दर्शकले हर्ने अवसर पाइसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो