वैशाख २० बाट हैरान च्यालेन्जको अडिसन सुरु हुने, विजेताले पाउनेछन् जनही १ लाख


Filmy Kura, May 2, 2018 at 2:14 pm

चलचित्रको प्रचार प्रसारमा नया रणनीति अपनाउँदै ‘हैरान’ यूनिटले देशभरबाट नयाँ प्रतिभाको खोजी कार्य थालनी गर्ने भएको छ । वैशाख २० देखि २९ गते सम्म देशभरका विभिन्न ठाउँमा पुगेर ‘हैरान च्यालेन्ज’ नाम दिएर यो यूनिटले प्रतिभाको खोजी गर्ने भएको हो ।

प्रतिभाको पनि खोजी कार्य हुने साथै आफ्नो चलचित्रको पनि प्रचार हुने भएकाले यो यूनिट हाल मोफसल हानिएको छ । वैशाख २० गते झापाको विर्तामोडबाट अडिसन सुरु हुनेछ । क्रमश २१ गते विराटनगर, २२ गते हेटौंटा, २३ गते चितवन, २४ गते दाङ, २५ गते नेपालगञ्ज, २६ गते बुटवल, २७ गते पोखरामा अडिसन लिदै यो यूनिट मोफसलको यात्रा सकेर काठमाडौं फर्कनेछ । २८ र २९ दुई दिन भने काठमाडौंमा अडिसन लिइनेछ ।

अडिसनका लागि फिल्मका निर्देशक सौगात विष्ट, कलाकारहरु सागर लम्साल ‘बले’, गजित विष्ट, निर्मल शर्मा, आरोही शर्मा मोफसल निस्किसकेका छन् । नृत्य, अभिनय र गायन गरी तीन विधामा प्रतिभा पहिचान गरिने बताइएको छ । ८ वर्ष देखि २५ वर्ष उमेर समूहका व्यक्तिले अडिसनमा भाग लिन सक्नेछन् । तीनै विधाका विजेतालाई १ लाख नगद पुरस्कार प्रदान गरिनुका साथै डान्स फिवर मार्फत निर्माण हुने चलचित्रमा अवसर दिइने बताइएको छ ।

चलचित्र ‘हैरान’ जेठ ४ गते रिलिज हुँदैछ । जून फिल्ममा गजित विष्ट, सत्यराज आचार्य, निश्मा घिमिरे, सागर लम्साल, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी लगायतको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो