सविन र आँचलको धमाकेदार नृत्य रहेको हिरो रिटन्र्स गीत रिलिज (भिडियो)


Filmy Kura, May 3, 2018 at 5:47 pm


चलचित्र ‘हिरो रिटन्र्स’ को शीर्ष गीत रिलिज गरिएको छ । बिहीबार युट्युव मार्फत कलाकार सविन श्रेष्ठ र आँचल शर्मा फिचर गीत रिलिज गरिएको हो ।

चलचित्रको रिलिज मिति भने तय गरिएको छैन । यस अघि फिल्मको रिलिज डेट सरेको थियो । टंक बुढाथोकीको शब्द, संगीत तथा स्वरमा समावेश यो गीतमा फिमेल भोकल मनिषा पोखरेलको रहेको छ । डान्सीङ नम्वरको यो गीत जनमानसमा छिट्टै क्लिक हुने खालको छ । आशिष भेटवाल निर्देशित चलचित्रलाई चन्द्र गौतमले निर्माण गरेका हुन् । भिम न्यौपाने र अमित श्रेष्ठको समेत लगानी रहेको यस फिल्ममा सविन श्रेष्ठ, रेखा थापा, दील श्रेष्ठको मुख्य भूमिका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो