लम्फू टिम मोफसलमा, युट्युवबाट गरियो कविर मरिष्का फिचर गीत रिलिज


Filmy Kura, May 3, 2018 at 6:05 pm

चलचित्र ‘लम्फू’ टिम यतिबेला मोफसलको टुरमा रहेको छ । फिल्मको प्रचार प्रसारलाई मध्यनजर गर्दै त्यहाँका स्थानीय सञ्चारकर्मीसँग अन्तरक्रिया गर्न यो टिम उपत्यका बाहिर पुगेको हो ।

यसैबीच बिहीबार ‘लम्फू’ टिमले पोखरामा पत्रकार सम्मेलन गरी आफ्नो फिल्मको बारेमा जानकारी गराएको थियो । टिम देश दौडाहा लागिरहदा यता युट्युव मार्फत फिल्मको अर्को गीत रिलिज गरिएको छ । गीतमा नायिका मरिष्का पोखरेल र डेव्यु नायका कविर खड्का फिचर रहेका छन् । पपुलर मल्टिमिडिया प्रस्तुत यो चलचित्रलाई गोपाल चन्द्र लामिछानेले निर्देशन गरेका हुन् । शक्ति बल्दब घोरासैनी निर्मित फिल्म यहि वैशाख २८ गते देशव्यापी रुपमा रिलिज हुँदैछ । सार्वजनिक गीतमा युवराज सापकोटाको शब्द, अर्जुन पोखरेलको संगीत तथा प्रमोद खरेलको स्वर रहेको छ ।

चलचित्रमा सलोन बस्नेत, कविर खड्का, मरिष्का पोखरेल, चाँदनी शर्मा, संजित भण्डारी, कुसुम श्रेष्ठको अभिनय हेर्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो